बिना डिग्रीको मान्छेले यो देशको सडकमा फलफुल जसरी बेच्छ खुलेआम औसधी

एजेन्सी- अहिले सम्म तपाइँले मेडिकल क्लिनिकमा या कुनै फार्मेसीमा मात्रै औसधि बेचिएको देख्नुभएको छ होला। तर यो दुनियामा एक यस्तो देश पनी छ जहाँ खुलेआम सडक सडकमा औसधि बेचिएको र किनिएको देख्न सक्नुहुनेछ। यस देशको नाम हाइटी हो।

अन्तरास्ट्रीय फोटोग्राफर पाओलो वुड्स र ग्याब्रियल ग्यलिम्बर्टीले आफ्नो मेडिकल प्रोजेक्टको सिलसिलामा विभिन्न देशहरुमा गई अनुसन्धान गरेका छन्। यसैबीच उनीहरु हाइटीको राजधानी पोर्ट-ओ-प्रिंस पुगेका थिए। उनीहरु त्यहाँ पुगेपछि आश्चर्यचकित परे किनभने त्यहाँ सडकमा क्यान्डी र फलफुल बेचे जसरी औसधि बेचिन्थ्यो। फोटोग्राफरहरुको अनुसार त्यहाँ प्लास्टिकको बाटामा थुप्रै औसधिहरु सजाएर राखी खुलेआम बेचिन्छ। बेच्नु त ठिकै छ तर यति सम्म कि मान्छेहरुले पनि औसधिको लागी हारालुछ गर्ने। अझ आश्चर्यको कुरा त के छ भने ति औसधि बेच्ने मान्छेहरुसंग न त औसधि बेच्ने लाइसेन्स छ न त कुनै डिग्री नै।

यस्तो गर्नु सरासर अबैध हो तर वास्तबमा यस्तो हुनुको कारण त्यहाँको फार्मेसी समस्या र गरिबी हो। उक्त देशमा फार्मेसीनै छैन र देश गरिब भएको कारणले गर्दा सरकारले पनि केहि गर्न सक्दैन। फोटोग्राफरअनुसार धेरै जसो औसधिहरु जेनेरिक हुन्छन जसलाई चाइनाबाट सप्प्लाई गरिन्छ। औसधि बेक्रेताहरुसंग सामान्य रोगको औसधि देखि लिएर जटिल रोगका औसधिहरु पनि बेचिने गर्छन।

प्रकाशित : बिहिबार, असार २२, २०७४१२:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१५० वर्ष अघि यस्तो थियो ब्रिटेन र त्यहाँको रहनशहन(फोटोफिचर्स)