आफ्नै परिवार र गाउँलेहरू मिलेर यी प्रेमी जोडीलाई यस्तो डरलाग्दो सजाय दिएपछि…

एजेन्सी, राजस्थानको एक गाउँमा यस्तो घटना घटेको छ जुन सुनेर जो कोहि मानिसहरु डराउने गर्दछन् । त्यस गाउँका केहि मानिसहरुले घरबाट भागेकी युवती र उनको प्रेमीलाई ४ घण्टासम्म बाधेर कुटपिट गरिएको छ । गाउँका मानिस संग-संगै ति युवतीको परिवारले पनि उनीहरुलाई कुटपिट गरेका थिए । यतिबेला कुटपिट गरिएको फोटो र भिडीयो सामाजिक संजालमा भाइरल भएको छ।

सबैलाई अचम्मित पार्ने यो डरलाग्दो घटना शुक्रबार भएको थियो। प्रेमी जोडीलाई पिटिएको उक्त भिडियो र फोटो भाइरल भएपछि पुलिसले यस मामलाको स्वीकार गरेका थिए । एक जानकारी अनुसार जब २२ वर्षीय दिपक (नाम परिवर्तन) र सुनिता (नाम परिवर्तन) ले एक हप्ता पहिले घर छोडेर भागे तब गाउँका सबै जना उनीहरुलाई खोज्न  हिडेका थिए ।

शुक्रबार बिहान केहि मानिसले उनीहरुलाई गाउँभन्दा बाहिर भेटिएका थिए । त्यसपछि दुवैलाई गाउँमा ल्याएर परिवारजनको उपस्थितिमा उनीहरुलाई पेटमा बाधेर पिटेका थिए । गाउँलेहरुको साथ-साथै परिवारजन पनि मिलेर उनीहरुलाई पिटेका थिए।

यसैबीच त्यहा आएका मानिसहरुले प्रेमी जोडीलाई पिटिएको भिडियो खिचेर सामाजिक संजालमा सेयर गरेका थिए।  यो घटना ४ घण्टासम्म भएपछि केहि मानिसहरुले उनीहरु दुवैलाई सम्झाएर छोडिदिएका थिए ।

प्रकाशित : सोमबार, असार १९, २०७४१४:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अनुहारबाटै पत्ता लगाउन सकिन्छ यस्ता १० रोग: जान्नुस् के के हुन् ?