एजेन्सी, गम्भीर बिरामी न्यूरोबस्टाटोमा क्यान्सरसंग लड्दै ५ वर्षीय इलीधर पोटर्सनले आफ्नो ६ वर्षीय साथी हैरिसन गियरसंग विवाह गरिन् । उक्त विवाहमा सबैजना पाहुनाहरुले परीको जस्तो कपडा लगाएर उपस्थित भएका थिए । विवाहमा करिब २०० जना भन्दा बढी मानिसहरु उपस्थित भएका थिए ।
पोटर्सनसंग यस दुनियामा बस्नको लागि धेरै कम समय थियो । परीको जस्तै बिहे होस् भन्ने पोटर्सनको इच्छा थियो । आफ्नो छोरीको अन्तिम समय देखेर उनको आमाबाबुले उसको बिहे बिल्कुल पारीको जस्तै गरिदिए।