यी हुन् , डन्डीफोर हटाउने ५ घरेलु उपाय , आफूलाई मनपर्ने एउटा उपायलाई अपनाउनुहोस्

एजेन्सी – सुन्दर देखिने रहर सबैलाई हुन्छ । अनुहारको छालालाई सफा , सुन्दर र चम्किलो बनाउनको लागि हामी के मात्र गर्दैनौं । तर अनुहारलाई सफा बनाउनको लागि हरेक किसीमको प्रयास गर्दागर्दै पनि हाम्रो अनुहारको छालामा विभिन्न किसीमको समस्या देखिन्छ । यसमध्ये अनुहारमा पिम्पल आउनु पनि एक ठूलो समस्या हो । यसले हाम्रो अनुहारलाई कुरुप बनाईदिन्छ । आज हामी तपाईंलाई यस्ता ५ सरल घरेलु उपायको बारेमा जानकारी दिन्छौं । जस्को मद्धतले तपाईंले अनुहारको पिम्पल सजिलै हटाउन सक्नुहुन्छ ।

कागतीको रस

डन्डीफोरका लागि कागतीको रस एकदमै प्रभावकारी छ । तपाईंले कागतीको रसलाई सिधै अनुहारमा लगाउँदा छाला पोल्ने समस्या हुन्छ , त्यसैले कागतीको रसलाई पानी वा महसँग मिसाएर पनि प्रयोग गर्न सक्नुहुन्छ । यसले डन्डीफोर हटाउने मात्र नभई छालालाई चम्किलो बनाउनमा पनि मद्धत गर्छ ।

गोलभेडा

गोलभेडामा छालालाई लाभकारी तत्वहरु पाईन्छ । गोलभेडाको रसलाई अनुहारको छालामा राम्ररी दल्नुहोस् । त्यसपछि चीसो पानीले पखाल्नुहोस् ।

बाफ लिने

बाफ लिनु पनि डन्डीफोर हटाउनको लागि निकै नै राम्रो उपाय हो । बाफ लिईसकेपछि कपासको मद्धतले अनुहार पुछ्नुहोस् । फेसियलपछि बाफ लिनु पनि निकै नै फाईदाजनक छ । बाफ लिनाले अनुहारका छिद्रहरू खुल्छन् । यसो गर्नाले अनुहारको छालाले भित्री पोषण प्राप्त गर्छ ।

मह

डन्डिफोर भएको भागमा थोरै महलाई लिएर दल्नुहोस् । त्यसपछि १५ मिनेटसम्म त्यसै छोड्नुहोस् । १५ मिनेटपछि चिसो पानीले मुख धुनुहोस् । डन्डिफोरको समस्याबाट छुट्कारा पाउनको लागि मह निकै नै राम्रो उपाय हो ।

ल्वाङ

डन्डिफोरको समस्याबाट छुट्कारा पाउनको लागि तपाईंले ल्वाङको प्रयोग गर्न सक्नुहुन्छ । एक कप पानीमा ल्वाङलाई हालेर उमाल्नुहोस् । पानी चिसो भएपछि ल्वाङलाई मुछेर डन्डिफोर भएको ठाउँमा लगाउनुहोस् । आधी घण्टापछि चिसो पानीले मुख धुनुहोस् ।

 

प्रकाशित : बुधबार, असार ०७, २०७४१४:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी बालिकाको टाउको दुख्दा आँखा, नाक र कानबाट रगत बग्छ, आखिर किन हुन्छ त्यस्तो ?