जव प्रेमीले कुमारित्व जाँच गर्न भन्दै शारीरिक सम्पर्क राख्ने प्रस्ताब गर्‍यो…..

तिम्रो कुमारत्वलाई कस्ले जाँच्ने ?

लेखिका / रुपनी जि.एम

कुरा कार्तिक महिनाको तिहार ताकाको हो रे । रातीको १० बजे पछि नम्रतालाई उनको साथी सुशीलाको फोन आयो, र कुनै सम्बोधन नै नगरि निकै आक्रोशित आवाजमा शुरुमै सोधियो रे–“ओए ! मायामा विश्वास दिलाउन के शरिर नै सुुम्पनु पर्ने हो र ?” नम्रता अक्कनबक्क पर्छे र आश्चर्य मान्दै सोध्छे–“के भन्छे यो ? बौलाउन त लाईनेस् ? कस्ले के भन्यो र तलाई ?” अरु कस्ले हुन्छ र ? तलाई भनेकी थिएँ त ? उही के, मैले माया गर्ने गजे ।

गजे, पुरा नाम गजेन्द्र कार्की । घर झापाको सुरुङ्गा । गजेन्द्रसंग सुशीलाको भेट यही श्रावण महिना लैङ्गिक हिंसाका विषयमा पोखरामा सम्पन्न ३ दिने गोष्ठिमा भएको थियो । पेशाले दुवै जना कुनै एन.जि.ओमा काम गर्ने गर्दछन् । बुटवलकी सुशीलालाई झापाका गजेन्द्र कार्की त्यही गोष्ठि पश्चातको कुराकानीकै क्रममा विस्तारै मन पर्दै गई रहेको थियो ।

दुवैलाई दुवैको फोन दिनमा ५÷१० मिनेटकै किन नहोस् ३÷४ पटक नियमित हुन्थ्यो भने रातमा त घण्टौं हुने कुरा कुनै नौलो नै भएन । नम्रताले भनेकी । उमेर पुगेका केटाकेटी एक अर्कालाई मन पराउनु र एकआपसमा घण्टौंसम्म कुरा गर्नु कसैका लागी पनि कुनै विषयको कुरा होईन ।


“सानु तिमी मेरी हौ । यस्मा कुनै शंका नगर्नु तर पनि खै किन किन तिमी मेरा लागी कति योग्य छौं जाँच्न मन लागेको छ । तिमी अप्ठेरो मान्दिनौं भने मलाई तिमीसंग एक पटक शारिरीक सम्पर्क गर्न मन लागेको छ ।


सुशीला र गजेन्द्रको प्रेमलाई पनि चिनेजाने जति सबैले समर्थन गर्दै कुनै चर्चाको विषय नै बनाएनन् । तर आफ्नै प्रेम सुशीलाका लागी सोच्दै नसोचेको एउटा विषय बन्न पुग्यो । जस्ले आज सुशीलाको प्रेम कथालाई अधुरो बनाएर दुविधापुर्ण गोरेटोमा उभाई रहेको छ ।

“सान,ु तिमी मेरी हौ । यस्मा कुनै शंका नगर्नु तर पनि खै किन किन तिमी मेरा लागी कति योग्य छौं जाँच्न मन लागेको छ । तिमी अप्ठेरो मान्दिनौं भने मलाई तिमीसंग एक पटक शारिरीक सम्पर्क गर्न मन लागेको छ ।” गजेको प्रेम जब यसरी यो उद्वरण चिन्ह भित्र कैद भएको वाक्यहरुबाट छरपस्ट भयो त्यसपछि सुशीलालाई उनको आफ्नै प्रेमले दुविधाको गोरेटोमा उभ्याई दियो रे । नम्रताले भनेकी ।

जब आफुले माया गर्ने मान्छेले नै माया गरेकै आधारमा आधिपत्य जमाउदै पुर्णत शारिरीक र मानसिक रुपमा बलियो भएको पुरुष, जो न एउटी महिलाका लागी नत ऊ स्वयमका लागी नै योग्य हुदैन । त्यस्ताको प्रेमले भावि दिनहरुमा जीवनलाई के सुखी राख्ला ? भनेर सुशीलाले लत्याई दिईन् रे गजे अनि गजेको प्रेमलाई । नम्रताले भनेकी ।

गजे जस्ता कैयौं अनगन्ति पुरुषहरु छन्, जस्ले प्रेम गरेकै आधारमा त्यस्लाई बाहाना र अनेक थरी प्रलोभनमा पारि स्त्रीलाई केवल शरिरीको बली चढाउन बाध्य बनाई रहेका हुन्छन् । गजे र सुशीलाको त आखिर के नै भयो र ? कुरामा कुरा नमिल्दा प्रेम असफल भएको न हो । याहाँ त मनले मनसंग सम्बन्ध गाँसेकै आधारमा मनलाई विश्वास दिलाउनका निम्ति शरिरको बलि चढाउदा पनि प्रेम असफल बनेको छ प्रायको ।

यस्तै असफल हुनेमा एउटा अर्काे कथा दैलेखकी लिला र बर्दियाको धनन्जयको पनि हो । दुवैको भेट सुर्खेतको भूमिमा आज भन्दा झण्डै ५ वर्ष पहिला भएको थियो । स्नातकोत्तर तहको पढाई पुरा गर्न धनन्जय बस्नेत वि.सं. २०६८ सालमा सुर्खेत जाँदा त्याहाँ उनले लिला विष्टलाई भेटेका थिए । लिला पनि स्नातक तहको पढाईलाई पुरा गर्न दैलेखबाट सुर्खेत झरेकी थिईन् सोही वर्ष ।

पढने तह फरक भए पनि भेट हुने समय भने प्राय एकै हुन्थ्यो उनीहरुको । प्रत्येक दिनको भेटले दुरी नजिक बनायो उनीहरुको । झण्डै ३ महिना बितेको हुँदो हो । उनीहरुको सम्बन्धले गति लिन लागेको । त्यति बेला धनन्जयले आफ्नो बिवाहको कुरा परिवारले चलाएको भन्दै झुठो बाहाना गरेछ ।

आफुले माया गरेको मान्छे अरु कसैको बन्छ कि भन्ने डर कस्लाई पो हुँदैन होला र ? लिलाको त्यही डरलाई धनन्जयले बुझ्यो र लिलालाई शारिरीक सम्पर्क भए मात्र विश्वासका साथ परिवारसंग आफुहरुको प्रेम सम्बन्धका बारेमा भन्न सकिने भन्दै यौन पिपासु बनेर लिलाको अस्मितालाई बलि चढाउन सफल भयो ।

लिलालाई त्यो शारिरीक सम्पर्कमा रत्ति भरि पनि कुनै पश्चाताप थिएन । किनभने उस्ले त धनन्जयलाई आफ्नो अस्मिता सुम्पिएर अनौपचारिक रुपमा श्रीमान मानी सकेकी थिई । त्यो पनि उसलाई विश्वास दिलाउनका लागि मात्र । जस्को नतिजामा बाँकी थियो त केवल प्रेमलाई औपचारिकताको शुत्रमा बाँध्दै विवाह गर्न ।

जुन कुराको बाचा दुवैले जागिर खाएर आफ्नो खुट्टामा उभिए पछि मात्र गर्ने भनेर गरेका थिए । उनीहरुको प्रेमसंगैको शारिरीक सम्पर्कले झण्डै ५ वर्षको यात्रा पुर गर्दै थियो । एकाएक असोजको २२ गते धनन्जयको फेसबुकमा उ अरु नै केटीसंग बैबाहीक जीवनमा गाँसिएको फोटो लिलाले देख्न पुगी ।

एउटी स्त्रीका लागि त्यो जस्तो असैह्य पिडा अरु के नै हुन सक्छ ? हामी सजिलै अनुमान गर्न सक्छौं । जस्को दुखाई अहिलेसम्म लिलाले सहनु परि रहेको छ । सुशीला र लिला त प्रतिनीधि पात्र मात्र हुन् । यस्तो पिडाबाट बिच्छिप्त भएका स्त्रीहरु गन्न नसकिने संख्यामा छन् । तपाँई हाम्रो समाजमा ।

बडो उदेक लाग्दो कुरा छ । स्वतन्त्र भएर माया पनि गर्न नपाईने भयो यो शहरमा अब त । केटीले केटालाई बिहे गर्छु भन्नु त टाढाको कुरा, माया गर्छु सम्म भन्ने हो भने पनि त्यस्का लागि परिक्षामा पास हुनु पर्ने । त्यो पनि अस्मिताको बलि चढाएर । सरल भाषामा भन्ने हो भने माया गरेको केटालाई आफ्नो कुमारीत्व परिक्षण गर्न दिनु पर्ने रे ।

त्यस्मा पास भयो भने विहे नभए यो गति छाडा । प्रश्न उठन सक्छ कि, किन कुमारीत्व परिक्षण गर्न दिने त ? भन्ने । एक पटकका लागि सुशीला र लिलाले झैं पवित्र आत्माले कसैलाई माया गरि हेर्नहोस् । अनि थाहा हुनेछ तपाँईलाई माया गर्ने मान्छेलाई गुमाउदाको डर भन्दा ठूलो कुरा कुमारीत्व हुदैन भन्ने ।

यो लेख पढ्ने तपाँई जो कोही पाठकलाई पंतिकारको प्रश्न । के प्रेममा विश्वास दिलाउनका लागी शरिर सुम्पनै पर्ने हो त ? यदि हो भने, के त्यो एउटी स्त्रीलाई उनको आत्मा सम्मानमा ठेस पु¥याउँदै अस्मिताको बलि चढाउन बाध्य बनाईएको होईन र ? यदि यो कुरामा सहमति जनाउन कुनै आनाकानी हुदैन भने कस्ले दिएको छ त, त्यो पुरुषलाई यी सबै कुराहरु गर्न छुट ? जस्ले पवित्र मनले साँचो माया गरिरहेकी एउटी स्त्रीको हृदयलाई छियाछिया पार्दै दुखाई रहेको होस् जीवन भरि । अनि प्रेम गरेकै बाहानामा विश्वासको परिपाटि बनाउन केवल अस्मिताको बलि चढाउन परि रहोस् जीवन भरि ।

एकपटक आफैले आफैलाई यो प्रश्न गरि हेरौं । पुरुष भएर जन्मिएकै कारण के तपाँईले यी सबै कुराहरु गर्नै पर्ने हो र ? के तपाँईलाई पुरुष भएकै नाताले यी सबै कुरा गर्न अधिकार दिईएको छ ? या फेरी लाग्दछ तपाँईलाई कि, एउटी स्त्रीको अस्मितासंग खेल्न तपाँई स्वतन्त्र हुनुहुन्छ ?

चरित्र र आचरण्लाई सम्हाल्न नसकेर समाजले बनाएको सिमा तोडदै बाहीरिने तपाँई को हो ? विवेकी पुरुष ? या विवेक गुमाएको पुरुष ? यो विषयमा गम्भिर हुने प्रयास गर्नुहोस् । उत्तर तपाँई स्वयमले नै भेट्नु हुनेछ । र जब साँचो र वास्तविक रुपमा यर्थाथ उत्तर भेट्नु हुनेछ तब तपाँई एउटी स्त्रीको नजरमा सधैं प्रिय बनि रहनु हुनेछ । अनि मात्र तपाँई यो समाजका लागि एउटा सभ्य र सालिन पुरुषको परिचयबाट चिनिनु हुनेछ ।

त्यसैले यो विषयमा अहिले नसोंचे कहिले साेंच्ने ? मानसिकतामा परिवर्तन अझैं नगरे कुन दिन गर्ने ? अनि महिलालाई सम्मान बोलीले मात्र हैन व्यबहारले यो समयमा नगरे कुन समयमा गर्ने ? मत बल पुर्वक नै भन्छु । परिवर्तन हुने पालो भएको गजे र धनन्जय जस्तो गिद्ये सोंच भएको तपाँई र तपाँईकै सोंचाईको हो ।

 

प्रकाशित : मङ्गलबार, असार ०६, २०७४१६:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेताको भाषा र भावनामा कहिले मिल्ला तालमेल ?