कस्तो रोग हो मधुमेह ? यस्ता छन् , मधुमेह रोगको शुरुवातीकालमा देखिने लक्षण र बच्ने उपाय

एजेन्सी – मानिसको रगतमा चिनीको मात्रा आवश्यकभन्दा बढी देखा पर्नुलाई मधुमेह रोग भनिन्छ । मानिसको रगतमा चिनीको मात्रा औसतमा ६० देखि १४० सम्म साधारण मानिन्छ । शरीरमा चिनीको मात्रा धेरै भएर विभिन्न लक्षण देखिएमा उक्त बिरामीलाई मधुमेह भएको मानिन्छ । मधुमेह लाई चीनी रोग पनि भनिन्छ ।

मधुमेह रोगका लक्षणहरु

१ ) थकान लाग्ने

२ ) मुख सुख्खा हुने र बढी तिर्खा लाग्ने ।

३ ) छिनछिनमा पिसाब लाग्नु र पिसाबको मात्रा धेरै हुनु

४ ) राम्ररी खाना खाएपनि दुब्लाउँदै जानु

५) दृष्टि धमिलो हुनु

६ ) हातगोडा झमझमाउनु

७ ) भोक धेरै लाग्नु

८ ) गुप्ताङ्ग चिलाउनु

उपरोक्त लक्षणहरु देखापरेमा समयमै डाक्टरकोमा गई जँचाउनुपर्छ । मधुमेहलाई हामीले बेवास्ता गरेमा यसले शरीरका महत्वपूर्ण अंगहरु जस्तै आँखा, मुटु , मृगौला , मस्तिष्कमा नराम्रो असर पुरयाई दिर्घकालीन रोगहरु निम्त्याउन सक्छ । त्यसैले तपाईंले यसको बेलैमा उपचार गर्नुपर्छ । तपाईंले मधुमेहबाट बच्नको लागि निम्न उपायलाई अपनाउन सक्नुुहुन्छ ।

मधुमेहबाट बच्ने उपायहरु

१) नियमित रुपमा व्यायाम गर्नुहोस् ।

२) कार्बोहाइडेट कम भएको खाना खानुहोस् ।

३) प्रयाप्त मात्रामा पानी पिउनुहोस् ।

४) धेरै तनाव नलिनुहोस् ।

५) प्रयाप्त सुत्नुहोस् ।

६) प्रशस्त मात्रामा सागसब्जी , फलफूल खानुहोस् ।

७) चुरोट , बिडिं , तमाखु ,खैनी जस्ता सूर्तिजन्य पदार्थहरुको सेवन नगर्नुहोस् ।

८ ) चिकित्सकको सल्लाहअनुसार नियमित उपचार गर्नुहोस् ।

 

प्रकाशित : मङ्गलबार, असार ०६, २०७४१४:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भुलेर पनि यी कुराको सेवन दुधसंग नगर्नुहोस