अमेरिकी जोडीले गर्दैछ सात देशमा पुगी सातपटक बिहे, तेस्रो बिहे नेपालमा सम्पन्न

एक अमेरिकी जोडीले आफ्नो विवाह अलि फरक ढंगले गर्ने निधो गरे। त्यो फरक ढंग थियो ४० दिन भित्रमा विभिन्न ७ देशमा पुगी ७ पटक उक्त देशको रितिरिवाज अनुसार विवाह गर्ने।  उक्त जोडी ग्याब्रियला र टिमोथीको थियो। उनीहरुको पाँचौ विवाह केन्यामा सम्पन्न भैसकेको छ। अब उनीहरुको योजना अनुसार थप २ विवाह भने बाकीं छ ।

उक्त अमेरिकी जोडीको बिबाह यात्राको शुरुवात जापानको टोक्योमा भएको हो। जापानमा उनीहरु दुइजानै परम्परागत किमोनोस पहिरनमा थिए भने उनीहरुको बिबाह शिन्तो परम्पराअनुसार भएको हो। त्यसलग्गतै उनिहरू इन्डोनेसियाको बालि नामक ठाउँमा पुगे र उनीहरु त्यहीँको संस्कृति र भेषभुषा अनुसार बिबाह गरे।

यिनीहरुको तेस्रो बिबाह भने हाम्रो देश नेपालस्थित पाटनमै गत जुन २ मा सुसम्पन्न भएको हो। ग्यब्रिओलाले भने ” हाम्रो नेपाल भ्रमणअघि हामीले हाम्रो बिहेमा दम्पतिलाई बौद्ध भिक्षुहरुद्धारा आशीर्वाद प्रदान गर्नका लागि एक गुम्बालाई अनुरोध गर्यौँ र गोल्डेन टेम्पल नजिकै हाम्रो बिहे सम्पन्न भयो। “

नेपालपछि चौथो बिहेका लागि उनीहरु भारतको चेन्नइ पुगे जहाँ बेहुलीका प्राध्यापक मोहन कुमारको निवासमा हिन्दू परम्परा अनुसार उनीहरुबीच बिहे सम्पन्न भयो । भारत पछि केन्याको मासाइ मारामा ग्याब्रियला र टिमोथीबीच मसाई रितिरीवाजमा यो हप्ताको सुरुमा पाँचौ बिहे भएको छ ।

तर उनीहरुबीचको छैटौँ बिहे भने फरक र रोचक हुनेछ किनभने उनीहरुले आफ्नो छैटौँबिबाह धर्तीमा होइन की आकाशमा गर्ने योजना बनाएका छन् । उनीहरुले आफ्नो छैटौँ बिहे चेक गणतन्त्रको राजधानी प्रागको आकाशमा एयर बेलुनमा उडेर गर्नेछन् । अनि उनीहरुको रोचक बिबाह यात्रा नेदरल्याण्डको एम्सटर्डममा गएर टुंगिनेछ । त्यहाँ क्याथोलिक समारोह हुनेछ।

प्रकाशित : मङ्गलबार, असार ०६, २०७४१२:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी हुन् संसारकै सबैभन्दा हट नर्स , लाखौं छन् फलोअर्स