तपाइंको बच्चालाई पनि हुन सक्छ डिप्रेसन? थाहा पाउनुहोस यी ५ लक्षण

“डिप्रेशन एण्ड अदर कॉमन मेंटल डिसऑर्डर ग्लोबल हेल्थ एस्टीमेट” द्वारा प्रकाशित एक रिपोर्टमा यो भनिएको छ कि बिश्व भरिमा दिप्रेसनमा परि सुसाइड गर्ने मध्यम आय स्रोत भएको देशमा हो जस्तै भारत। नेपाल पनि यसमा पर्दछ। यसको सिकार बढीजस्तो टिनेजरहरु पर्ने गर्छन। डिप्रेसनमा परि उनीहरु एक्कासी सुसाइड गर्छन। त्यसैले आमाबुबाको जिम्मेवारी यस्तो अवस्थामा हुन्छा। आमाबुबाको जिम्मेवारी भनेको आफ्नो बच्चामाथि जागरुक हुनु हो। डिप्रेसनको कुनैपनि लक्षन थाहा पाई तुरुन्त डाक्टरसंग चेकअप गराउनु उनीहरुको जिम्मेवारी हो।

त्यसैले यी लक्षणहरु थाहापाई आफ्नो बच्चालाइ डिप्रेसन बाट बचाउनुहोस-

कुनै पनि चिजमा रुचि नलाग्नु: यो डिप्रेसनको मुख्य लक्षण हो। यदि तपाइंको बच्चाको मन पर्ने गतिबिधि जस्तै खेलकुद, पढाइ, आदि मा रुचि छैनर एक्लै रहन मन पराउछ भने बच्चालाई आफै गएर सोध्नुहोस र उसलाई जति सक्दो खुसि राख्नुहोस।

बच्चालाई निन्द्रा नलाग्ने समस्या: यदि बच्चा डिप्रेसनको सिकार छ भने उसको निन्द्रामा धेरै हानि हुने गर्दछ। ठिक संग नानिदाउनु र धेरै राति सम्म नसुती टोलाएर बस्नु पनि डिप्रेसनको सिकार हो। तर बच्चा धेरैनै सुत्ने पनि डिप्रेसनको लक्षण हो।

सामाजिक अन्तरक्रिया कम हुनु: कोहि बच्चा सानैदेखि येस्ता सामाजिक अन्तरक्रिया कम गर्ने खालका हुन्छन। तर यदि कोहि पहिल्यै देखि मिलनसार छ र पछि आएर अचानक अन्तरक्रिया कम हुँदै गएमा गडबड हुन सक्छ। यो कुरामा अभिभाबकहरुले धेरै ध्यान पुर्याउनु पर्ने कुरा हो।

सुसाइडको बारेमा अथवा सुसाइडसंग जडित कुराहरु गर्ने: यदि तपाइको बच्चा पछिल्लो केहि दिनदेखि सुसाइड र सुसाइडसंग जडित कुराहरु गर्न थाल्यो र गूगलबाट यसका केहि जानकारी लिन खोज्छ भने उसलाई जति चाँडो हुनसक्छ त्यति चांडो मनोचिकित्सकलाइ चेकअप गराउनुहोस।

खानपिनमा परिबर्तन: यदि अचानक तपाइको बच्चा धेरैनै खान्छ अथवा कम खान थाल्छ भने जान्नुहोस यो पनि डिप्रेसनको लक्षण हो। तर एसको कारण अरुनै पनि हुनसक्छ तर पनि एकचोटी यसो भएमा डाक्टर संग सल्लाह चाहिं लिनुहोस्।

 

 

प्रकाशित : आइतबार, असार ०४, २०७४१५:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तौल घटाउने यी ५ उपायमध्ये कुनै एक अपनाई बन्नुहोस् स्लिम