भुलक्कडहरु कार्यरत अनौठो रेष्टुराँ, जहाँ रिसाउन मनाही छ

जापानको टोकियोमा हालै खोलिएको एउटा रेस्टुराँको एकदमै असामान्य शैली र धारणा छ। उक्त रेस्टुराँले डाइमेंसिया को बिरामी अर्थात भुलक्कड़हरुलाई वेटर बनाएका छन्। यो रेस्टुराँमा हामी केहि अर्डर गर्छौं अनि एकछिन पछि वेटर आउँछ र तपाइँले अर्डर गरेको भन्दा फरक खानेकुरा ल्याएर टेबलमा राखिदिन्छ ।

यस्तो हुँदा झनक्क रिस त उठ्छा नै । तर यो एउटा यस्तो रेष्टुराँ हो जहाँ रिसाउन सख्त मनाही छ । वेटरले जुन खाना ल्याउँछ तपाइँले चुपचाप त्यहीँ खानेकुरा खानैपर्दछ। बोर्ड पाण्डाले यो रेस्टुराँलाइ ” द रेस्टुराँ अफ अर्डर मिस्टेक ” नाम दिएको छ।

गत जुन २ देखि ४ सम्म यो रेष्टुराँ परीक्षणको रुपमा इस्थापित गरिएको थियो । त्यसपछि व्यवसायिक रुपमा संचालन गरिएको हो। मानिसहरु यो रेस्टुराँको यहि अनौठो गुणका कारण आउने गर्छन।

खानाको बारेमा उत्कृस्ट ब्लग्गर मिज़ुहो कुडोले पनि यो रेस्टुराँमा आएर १ चोटी खाएकि थिइन्। उनले आफ्नो ब्लगमा भनिन “मैले ह्यामबर्गर अर्डर गरेकी थिई तर मैले १ प्लेट डम्पलिङ्ग पाएँ। डम्पलिङ्ग असाध्यै मिठो थियो। “

यो रेष्टुराँले डिमेन्सिया भएका विरामीहरुलाई वेटरको काममा लगाएर सेवाग्राहीलाई नयाँ अनुभव दिलाउने कोसिस गरेको छ र अर्कोतिर बिरामीहरुलाई समेत आफु समाजको एक हिस्सा रहेको अनुभुति दिलाएको छ । डिमेन्सियाका बारेमा मानिसहरुमा जनचेतना जगाउने र उनीहरुप्रति समाजको धारणा सकारात्मक बनाउन पनि यो रेष्टुराँले प्रयास गरेको छ ।

प्रकाशित : आइतबार, असार ०४, २०७४१२:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अशिष्ट स्वभावका ग्राहकहरुलाई सबक सिकाउन यस्तो जुक्ति लागाए यिनले