अशिष्ट स्वभावका ग्राहकहरुलाई सबक सिकाउन यस्तो जुक्ति लागाए यिनले

हामीले थुप्रै चोटी विभिन्न मानिसहरुको अशिष्ट ब्यबहार महसुस गरेका छौं। कोहि पसलेहरु अशिष्ट ब्यबहारको हुन्छन भने कोहि ग्राहकहरु। ग्राहकहरुको अशिष्ट ब्यबहारको कारण एउटा रोअनोक कफी पसलमा अनौठो घटना भएको छ।

उक्त पसलका पसले अस्टिन सिम्म्स हुन्। उनि ग्राहकहरुको अशिष्ट व्यवहारका कारण दिक्क भैसकेका थिए। त्यसैले सबै सिम्म्सले अशिष्ट ग्राहकहरुलाई पाठ सिकाउन बलियो बार साइन आउट राख्न निर्णय गरे।

उक्त बार साइन आउट अहिले भाइरल भएको छ जहाँ यस्तो लेखिएको छ:-

“एउटा कफी दिनुहोस”: $५.००

“कृपया,एउटा कफी दिनुहोस”: $३.००

“हेल्लो,कृपया,एउटा कफी दिनुहोस”: $१.७५

यसको मतलब जति शिष्ट बोल्यो त्यति नै थोरै पैसामा कफी खान पाइने भो।

यो बार साइन आउटलाइ मानिसहरुले असाध्यै मन पराएका छन्। उक्त फोटो को पोस्टमा थुप्रै हाँस उठ्दो र राम्रा प्रतिक्रिया आएका छन्। यहि बार साइन आउटका कारण उनि अहिले चर्चित बनेका छन्।

प्रकाशित : आइतबार, असार ०४, २०७४१३:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस मन्दिरका मुर्तिहरु मान्छे जस्तै गर्छन् कुरा, वैज्ञानिकनै परे आश्चर्यचकित !