आफ्नो टाउकोमा बोतल अड्याउन सक्छन् यी ‘चुम्बक मानव’

अमेरिकामा एकजना यस्ता मानिस छन् जसको टाउकोमा धातुका बट्टा तथा बोतलहरु टाँसिन्छन् । मानौँ, उनको सिर नै चुम्बक हो ।

उनको नाम जेमी किटन हो। उनलाई “चुम्बक मानब” र “रियल लाइफ एक्स-मेन” पनि भन्ने गरिन्छ। तर यो कुनै शक्तिहरु हैनन् जसले उनलाई उनको छालामा सामानहरु अड्डिन दियोस। यो त उनको गम्भीर तथा दुर्लभ रोगबाट सम्भब भएको हो जसका कारण उनी आफ्नो टाउकोमा बोतल तथा क्यान अड्याउन सक्छन् ।

उनको क्यान र बोत्तल टाउकोमा अड्ड्यौन सक्ने असाधारण क्षमताकै कारण उनको नाम गिनिज वर्ल्ड रेकोर्डमा छ।

विशेषज्ञहरु भन्छन यो क्षमता उनलाई उनको शरीरको तापक्रमले दिएको हो। उनीसंग सामान्य मान्छेसंग हुने भन्दा बढी तापक्रम भएको कारण उनको छालाको पोर्सहरु चूषण कप सरह भएको हो।

हालै सिकागोमा भएको इन्टरभिउमा, उनले निधारमा टाँसिएको बोत्तलबाट पानि गिलासमा हालेका थिए। यहि क्षमताका कारण उनको नाम गिनिज वर्ल्ड रेकोर्डमा छ।

उनि ७ बर्षको हुँदाखेरी उनले आफ्नो खेलौनाहरू छालामा टाँसिएको अनुभब गरेका थिए।

उनले यो कुरा सानो हुँदा कहिल्यै खुलासा गरेनन किनभने उनलाई डर थियो कतै अरुले उनलाई पागल त भन्ने होइनन।

 

प्रकाशित : आइतबार, असार ०४, २०७४११:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भुलक्कडहरु कार्यरत अनौठो रेष्टुराँ, जहाँ रिसाउन मनाही छ