धोती र टोपीको लडाईँले हामी एक दिन न धोती न टोपीको हुनेछौँ : अनिता यादब

सबैको मुस्कानको कारण बन्न चाहन्छु

धोती र टोपीको लडाईँले हामी सबै नेपाली एक दिन न धोती न टोपीको हुनेछौँ । वि.सं २०७२ साल बैशाखमा ठूलो भूकम्प गयो । विश्वभरका सबै मानिसहरुले हामीप्रति समबेदना प्रकट गर्दै सहयोग गरे । इतिहास कै त्यो त्रासदीपूर्ण दुःखद घडीमा कसैले पनि यो सोधे

लेखिका / योगाचार्य अनिता यादव

न की तिमी पहाडी हो ? मधेसी हो ? थारु हो ? दलित हो ? त्यस समय एकमात्र भावना थियो हामीबीच नेपाली हुनुको मानबताको । टोलको मैदानमा एउटै टेन्टमूनी पहाडे, मधेसी, बाहुन दलित सबै मिलेर बसेका थियौँ । के त्यतिबेला टेन्टमुनी एक भएर आश्रय लिएजस्तै हामी एक देशभित्र एक भएर बस्न सक्दैनौँ ?

म कुनै दल वा पार्टीसँग सरोकार राख्दिन । म मान हुँ, महिला हुँ एसियन हुँ साउथ एसियन हुँ नेपाली हुँ महिला हुँ जनकपुरको यादव हुँ म मानवताका लागि लडाईँ गरुँ कि जात र वर्गका लागि ? ल तपाईँ नै भन्नुहोस् सकारात्मक सोँचका लागि हामी तलबाट माथि जाने की माथिबाट तल ओर्लने ? मेरो मधेसीपन, मधेसी संस्कार, मधेसी संस्कृति र यादव थर कसैले खोसेर लान सक्दैन तर अरु धेरै कुरा छन् जो हराएर, बेचिएर, टुक्रिएर जान सक्छन् । मलाई मधेसी हुनुमा धेरै गर्व छ तर त्यो भनदा पनि बढी गर्व नेपाली हुनुमा छ ।


भूकम्प जाँदा इतिहास कै त्यो त्रासदीपूर्ण दुःखद घडीमा कसैले पनि यो सोधेन की तिमी पहाडी हो ? मधेसी हो ? थारु हो ? दलित हो ? त्यस समय एकमात्र भावना थियो हामीबीच नेपाली हुनुको मानबताको । के त्यतिबेला टेन्टमुनी एक भएर आश्रय लिएजस्तै हामी एक देशभित्र एक भएर बस्न सक्दैनौँ ?


आजकल कता कता नेपालै नरहला की भन्ने मलाई एकदमै चिन्ता लाग्छ । सबै जाति मिलेर बसेका छौँ त्यही नै रमाईलो छ । एउटै टेवलमा दश थरी बिचार आउनु त्यही नै रमाईलो लाग्छ । तर काटमार गोलीगठ्ठा र द्वन्द्वले केही परिवर्तन आउँदैन । बिचारले मान्छे ठूलो हुने हो । राजनीतिले हामीलाई प्रभाब त पार्छ नै । म सामाजिक विज्ञानको विद्यार्थी भएकोले पनि समाजमा राजनीतिको प्रभाबबारे राम्रो जानकारी राख्छु । अहिले तराईमा भैरहेको लडाईँले मन रोइरहेको छ । स्वाधिनता, राष्ट्रिय एकता, र सार्वभौम सत्ताको नाममा देशमा कतै मानवियता तर हराएको छैन ? जनतालाई ढाँट्ने देश चिर्ने, जातीय बिखण्डनतिर लाने, ट्क्र्याउनेखाले काम अब पर सारौँ । त्यस्ता ब्यक्तिलाई समाजबाट तिरस्कार गरौँ । संसार फैलनेक्रममा भए पनि नेपाल भने खुम्चने क्रममा अघि बढिरहेको छ । ल तपाईँ नै भन्नुुुस् विश्वमा फैलने की सानो साने प्रदेशमा खुम्चने ?


कसैले पनि आफ्नो स्वार्थका लागि मात्र राजनीति गर्ने बानी त्याग्नुपर्छ। एउटा जाति समुदायको मात्र नेता हैन, राष्ट्रको नेता बन्न कोसिस गर्नुहोस्।


देश रहे न जनता रहन्छ, नेपाल रहे न नेपालीत्व रहन्छ। त्यसैले आज मेरो देश छ र त म छु। म नेपाली छु र त मेरो नेपाल देश छ। मेरो नेपाल, मेरो देश मलाई लाग्छ प्यारो। अब त एक होऔं हामी सबै नेपाली। केही गरौँ समाज अनि देशका लागि। मुलुक सत्य, शान्ति, अहिंसा र मेलमिलापको बाटोमा अगाडि बढेमात्र अहंकार, हिंसा, विध्वंश, भय, त्रास हराउँदै जानेछ। कसैले पनि आफ्नो स्वार्थका लागि मात्र राजनीति गर्ने बानी त्याग्नुपर्छ। एउटा जाति समुदायको मात्र नेता हैन, राष्ट्रको नेता बन्न कोसिस गर्नुहोस्। वंश र जातले मान्छे राम्रोरनराम्रो हुँदैन। उसको कार्यले मात्र हुन्छ। त्यसैले साम्प्रदायिक घृणालाई संस्थागत नगरौं। जीवनलाई सुन्दर फूलका रूपमा हेरौं।


हुन सक्छ, केही मधेसी मूलका नेताको सोच नेपाली छैन होला तर यो बुद्ध जन्मेको देशमा लासको राजनीति कुनै हालतमा सही छैन। १७ हजारले ज्यान गुमाए र अझै गुमाउँदैछन्। त्यसको बीउ रोप्नेहरुलाई के भन्ने?


तीन महिनायता देश इतिहासकै कठिन मोडमा छ । मधेसमा अधिकार प्राप्तिको आन्दोलन चलिरहेको छ तर नागरिकको मागप्रति सरकारको संवेदनशीलता देखिएन । के मधेसमा बगेको रगतको कुनै मूल्य छैन? के मधेसी नेपाली होइनन्? उनीहरुमा पनि नेपाली आमाकै रगत बगेको छ। रगत नेपालीकै हो चाहे त्यो हिमालमा बगोस्, मधेस वा पहाडमा बगोस्। यदि तपाईं सच्चा नेपाली हुनुहुन्छ भने यो समय चूप लागेर बस्ने होइन। उत्पीडितहरुको पक्षमा आवाज उठाउनु हाम्रो दायित्व हो, चाहे त्यो जुनसुकै वर्ग होस्। हुन सक्छ, केही मधेसी मूलका नेताको सोच नेपाली छैन होला तर यो बुद्ध जन्मेको देशमा लासको राजनीति कुनै हालतमा सही छैन। १७ हजारले ज्यान गुमाए र अझै गुमाउँदैछन्। त्यसको बीउ रोप्नेहरुलाई के भन्ने? आन्दोलनमा मर्ने त आखिर सामान्य नेपाली जनता नै हुन्। भोलि यो आगो अन्त पनि नसल्केला भन्न सकिन्न। कहिले सिमाना, कहिले धर्म, कहिले जातका लागि नेपालमा कहिलेसम्म रगतको खोला बगाउने? यो कस्तो लोकतान्त्रिक अभ्यास? मर्नेरमार्ने क्रमले समाधान हैन, देशलाई झनै समस्यामा धकेल्छ। त्यो कसैको हितमा छैन। अतः युद्ध होइन, बुद्ध मन लिएर सबै एकजुट भएर वर्तमान समस्याको समाधानमा लाग्नुपर्छ।

मधेसी, पहाडी, हिमाली, जनजाति, महिला सबै नेपालका जनता हुन्। सबैका लागि लडौं, सबैलाई अंगालौं। नश्लवादी र क्षेत्रवादी सोचाइ देशको एकता र निष्ठाका लागि धेरै घातक थियो, छ र हुनेछ। हिजो के भयो भन्दा पनि आज के हुँदैछ र भोलि के हुनुपर्छ भन्ने विषयमा बढी केन्द्रित भए सबै क्षेत्र र वर्गलाई लाभ हुनेछ। प्रदूषित सोचाइबाट समाजलाई बचाउन जरुरी छ। त्यसैले जातीयता होइन, आत्मीयता खोजौँ। साम्प्रदायिकता र क्षेत्रीयता होइन, राष्ट्रियता रोजौँ।

समाजसेवा निस्वार्थ भावनाले समाज परिवर्तनका लागि गरिन्छ। त्यसैले आशा छ, मेरो सानो प्रयासले समाज केही परिवर्तन गर्न सक्छु होला। जसले अरुको दुःख देख्न सक्दैन, जसको हृदय अरुको दुःख देखेर द्रवित हुँदैन, त्यो मानिसले मानवीय गुण हराएको हुन्छ। मैले कल्पना गरेको समाजमा पुग्न धेरै कोसिस गर्न बाँकी छ। त्यसैले मेरो कोसिस जारी रहनेछ। आज यो देशलाई पदको महत्व नराख्ने महात्मा गान्धी, मदर टेरेसा, मार्टिन लुथर किङ्ग जस्ता नेता आवश्यक छ। मसँग थुप्रै विकल्प थिए तर मैले पैसाभन्दा आवेग रोजेँ। उदासीनताभन्दा सहानुभूति रोजेँ। मैले तीक्ष्णता भन्दा प्रेम रोजेंँ। घृणाभन्दा मुस्कान रोजेँ। आफ्नो खुसीका साथै एक गरिब दुःखीको ओठमा मुस्कान हेर्ने चाहना र मेरो कोसिस सधैँ रहनेछ र त्योभन्दा पनि बढी उनीहरुको मुस्कानको कारण बन्न चाहन्छु।

हातमा हात मिलाउँ
काँधमा काँध मिलाऊँ
जातीयता हैन, आत्मीयता बढाउँ
रिस राग होइन, माया र स्नेह बाँड्न सिकाऔं
हिंसा होइन, शान्ति अपनाउँ
एकचोटि बुद्ध तिमी फेरि आऊ
नेपाल र नेपालीलाई बचाऊ

[लेखिका योगाचार्य अनिता यादव पूर्वराष्ट्रपति रामवरण यादवकी पुत्री हुन् । यो लेख समय सान्दर्भिक लागेर भाषानुबाद गरी लिएका हौँ ।]

प्रकाशित : आइतबार, असार ०४, २०७४१०:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जव प्रेमीले कुमारित्व जाँच गर्न भन्दै शारीरिक सम्पर्क राख्ने प्रस्ताब गर्‍यो…..