मानिसहरुको भिडमा आफ्ना बच्चाहरुले जिद्दी गर्न थाले भने के गर्ने ?

एजेन्सी – बच्चाहरुको राम्रो पालनपोषण गर्न त्यति सजिलो पनि हुदैन किनभने बच्चाहरु सानोमा निकै चकचके हुन्छन। यहि कारणले बच्चाको चकचक गर्ने बानीलाई बुबाआमाले उसलाई थर्काएर अथवा थप्पडले नियन्त्रण गर्न खोज्छन तर यो तरीका गलत हो।

तर जब बच्चाहरु पब्लिकमा जिद्दी गर्न थाल्छन तब जो कोहीलाई पनि गाह्रो हुन्छ। त्यसैले यस्तो बेला के गर्नु पर्छ भन्नेकुरा हामि तपाइंलाई प्रस्तुत गर्न चाहान्छौ :-

१. तपाईं कहिले पनि बच्चाले पब्लिकमा जिद्दी गरेको बेला हाँसेर नटाल्दिनुहोस। यसले बच्चामा यो महसुस हुन्छ कि उसले सहि गरिरहेको छ र उसले यस्ता बानि हरु दोहोर्याईरहन्छन र मात्तिन्छ्न।

२. बच्चाले सबैभन्दा बढी जिद्दी गर्ने ठाउँ भनेको किराना पसल र खेलाउन पसल हो। त्यसैले तपाईं उसलाई कहीं बाहिर लिएर हिड्नु भन्दा पहिलेनै सम्झाएर राख्नुहोस।

३. सबैभन्दा ध्यान राख्नुपर्ने कुरा चाहि के हो भने तपाईंले कहिले पनि आफ्नो बच्चालाई थर्काएर अथवा कुटेर सम्झाउनु हुदैन। यसले बच्चाको मानसिक स्वास्थ्यमा गहिरो असर देखा पर्न सक्छ। त्यसैले तपाईं आफ्नो बच्चालाई सम्झाउन रचनात्मक तरीका अपनाउनुहोस र उसलाई खुसि हुनलाई दिनुहोस।

प्रकाशित : शुक्रबार, असार ०२, २०७४१२:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भावानात्मक रुपमा आफूलाई बलियो बनाउन चाहनुहुन्छ भने , यसो गर्नुहोस्