भावानात्मक रुपमा आफूलाई बलियो बनाउन चाहनुहुन्छ भने , यसो गर्नुहोस्

एजेन्सी – कोही कोही मानिस निकै नै भावुक स्वभावका हुुन्छन् । यसै कारणले गर्दा सानोतिनो कुरामा पनि मन दुखाउने गर्छन् । जस्ले गर्दा मानसिक तनाव हुने गर्छ । तर तपाईंले याद गर्नुपर्ने कुरा के हो भने, तपाईंले अरुलाई नियन्त्रण गर्न नसके पनि आफूले आफूलाई नियन्त्रण गर्न सक्नुहुन्छ ।

सुखी जीवनको लागि पनि भावनात्मक रुपमा बलियो हुन निकै नै जरुरी छ । यसको लागि तपाईंले निम्न उपायलाई अपनाउन सक्नुहुन्छ ।

१) आत्मविश्वास

यदि तपाईं आफूले आफूलाई विश्वास गर्नहुन्न भने , तपाईंले अरुलाई पनि विश्वास दिलाउन सक्नुहुन्न । अरुले आफूलाई के सोच्छन् भन्ने कुरा सोच्न बन्द गर्नुहोस् । आफ्नो काम आत्मविश्वासपूर्वक गर्दै जानुहोस् । यो सफल र खुशी जीवनको लागि निकै नै आवश्यक कुरा हो । तपाईं अरुभन्दा भिन्न हुनुहुन्छ । र हरेक मानिसमा आ–आफ्नै अलग किसीमको प्रतिभा हुन्छ भन्ने कुरा बुझ्नुहोस् ।

२) आफूलाई भावनात्मक रुपमा कमजोर बनाउने मानिसबाट टाढा रहनुहोस्

तपाईंको आफ्नो जीवन हो । खुशीपूवर्क जीवनयापन गर्न पाउनु तपाईंको अधिकार हो । सकेसम्म यस्ता व्यक्तिबाट टाढा रहनुहोस् , जस्ले तपाईंलाई कमजोर भएको महशुश गराउँछ । यदि तपाईंलाई प्रेमी वा प्रेमिकाले कमजोर बनाउँछ , भने त्यस्ता व्यक्तिबाट पनि टाढा रहनुहोस् ।

३) आफ्नो भावनालाई बाहिर निकाल्नुहोस्

भावनालाई भित्र राखिराखेमा यसले तपाईंलाई झनझनै भित्रैबाट कमजोर बनाउँदै लग्छ । त्यसैले आफ्नो भावनालाई खोल्नुहोस् । यदि तपाईं रुन चाहुनुहुन्छ भने, ठूलो स्वरमा रुनुहोस् । अरुले के भन्लान भनेर आफ्नो भावनालाई दबाएर नराख्नुहोस् ।

४) निर्णय आफै गर्नुहोस्

तपाईं आफ्नो बारेमा पक्कै पनि अरुले भन्दा धेरै जान्नुहुन्छ । अरुले तपाईंको लागि गरेको निर्णयमा समर्थन गर्न बन्द गर्नुहोस् । तपाईं आफैमा राम्रो हुुनुहुन्छ । आफ्नो निणर्य आफै लिने बानी गर्नुहोस् ।

५) अरुमा भर नपर्नुहोस्

यो निकै नै महत्वपूर्ण कुरा हो । आफै रमाईलो गर्न सिक्नुहोस् । आफूलाई मनपर्ने कुराहरुमा ध्यान दिनुहोस् । समयमा खानुहोस् , सुत्नुहोस, गीत सुन्नुहोस् , नाच्नुहोस् र आफूलाई व्यस्त राख्नुहोस् । यसबाट तपाईंसँग नराम्रो कुरा सोच्ने समय हुदैंन । जस्ले गर्दा तपाईं आत्मनिर्भर बन्न सक्नुहुन्छ ।

 

प्रकाशित : शुक्रबार, असार ०२, २०७४१४:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यो कस्तो रहस्यमय ठाउँ , जहाँ चराचुरुङ्गीले आत्महत्या गर्छन्