कसरी र कहिलेदेखि सेल्फी ट्रेण्ड सुरुवात भएको थियो ? जान्नुहोस

“सेल्फी” शब्द नसुन्ने अहिलेको समयमा सायदै होलान। पछिल्लो केही बर्षदेखि विश्वभर सेल्फिको प्रयोग अत्याधिक बढेको छ । सेल्फी नामक शब्द अहिलेको समाजमा लोकप्रिय बन्दै आएको छ। सेल्फी खिच्न सबैलाई मन पर्ने भएको छ। बच्चा देखि वृद्धसम्म सेल्फीका सौखिन बनेका छन्। तपाइलाइ पनि सेल्फी अवस्य मन पर्ला। तर के तपाईलाई थाहा छ “सेल्फी”को ट्रेन्ड कहाँबाट र कसरी सुरु भएको हो ?  यदि थाहा छैन भने जान्नुहोस-

इतिहास:

इतिहासमा पहिलो सेल्फि सन् १८३९ मा अमेरिकाका फोटोग्राफर रोबर्ट कोर्नेलियसले लिएको दाबी गरिएको छ । उनले आफ्नो तस्विर आफैँ खिच्ने प्रयास गरेका थिए । त्यस्तैगरि सन् १८५० मा पहिलो सेल्फि लिइयो पनि भनिएको छ । तर सेल्फि शब्दको प्रयोग भने अस्ट्रेलियाको एक वेबसाइटले सन् २००२ को १३ सेप्टेम्बरमा अस्ट्रेलियाको एक वेबसाइटले पहिलो पटक ‘सेल्फि’ शब्दको प्रयोग गरेको थियो ।

सेल्फिका खतराहरु:

हामिले धेरै पटक सेल्फिको क्रममा ज्यान गयो भन्ने घटना सुन्छौं । रुसकी १७ बर्षीय जीनियाले सेल्फिका लागि २८ फिट अग्लो पुलबाट खसिन् र उनको मृत्यु भयो । ओस्कर ओटेरो एगुइलर नामका एक युवकले फेसबुकमा आफ्नो टाउँकोमा बन्दुक तर्साएर सेल्फि लिन खोज्दा पड्किएर मरेका थिए । त्यसैगरी, १८ बर्षीय युवतीले ट्रेनको छतबाट सेल्फि खिच्न खोज्दा ज्यानै जान पुगिन् । हाम्रै नेपालमा पनि नारायणी नदीमा सेल्फि लिने क्रममा नम्रता सापकोटा बेपत्ता भइन् ।

 

प्रकाशित : बिहिबार, असार ०१, २०७४१५:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मानिसहरुको भिडमा आफ्ना बच्चाहरुले जिद्दी गर्न थाले भने के गर्ने ?