यी हुन् खाना पकाउने ८ तरिका जस्ले कम्तिमा २ महिना बढी टिक्छ ग्याँस, निकै ठूलो परिवार भएपनि !

एजेन्सी – सहरमा बस्नेहरुका लागि सबैभन्दा पिरलो बन्ने गरेको छ खाना पकाउने ग्याँस । हरेक घर/घर र कोठा कोठामा ग्याँसकै बारेमा गन्थनमन्थन हुन्छ । अझ भारतको नाकाबन्दीमा त झन् खाना पकाउने ग्याँसको हाहाकार नै मच्चिएको तती दिनहरु अझै पनि ताजै छन् । नेपाल यस्ता ग्यस्जन्य कुरामा भारत लगायत अरु देशहरुमा निर्भर छ। यस कारणले गर्दा पी हामी नेपाली जनताले जतिखेरै पनि ग्याँसको अभाव बेहोर्न पर्ने अवस्था पनि सक्छ ।

त्यसैले यदि तपाई आफ्नो भान्छाको ग्यासलाई लामो समय टिकाउन चाहनु हुन्छ र देशमा आउने यस्ता प्रकारका समस्याहरुबाट टाढा हुन चाहनुहुन्छ भने,

 यी ८ टिप्स ख्याल गर्नुहोस:

१. खाना पकाउदा सकेसम्म स्टेनलेस स्टीलको भाँडा प्रयोग गर्नु होस् । स्टेनलेस स्टीलको भाँडाहरु तापको अति उत्तम परिचालक (Best Heat conductor) हुन्छ । तसर्थ अन्य भाँडाको तुलनामा धातुका भाँडाहरुले ग्यास बचत गर्छ ।

२. यदि तपाइको ग्यास चुलोमा बलेको आगो पहेलो रङ्गको छ भने, बर्नरले सबै ग्यास प्रयोग नगरेको र केहि ग्यास खेर गईरहेको बुझ्नु  पर्छ । यदि यस्तो भएमा बर्नरलाई सफा गरि फेरी ठिक तरिकाले हाल्दा राम्रो हुनेछ । निलो ज्वाला बलेपछि मात्र ग्यास सहि तरिकाले उपयोग भएको बुझ्नु पर्छ  ।

३. दुध, चिया, पानी उमाल्दा उम्लनै लागेपछि ग्यासलाई सानो पार्नुहोस । यसो गर्दा ग्यासको खपत कम हुन्छ । अन्य खाना बनाउदा पनि पाक्न लागेपछि यसो गर्न सकिनेछ ।

४. फ्रिजबाट निकाल्ना साथ र बजारका चिसो पदार्थहरु सिधै नपकाउनुहोस । यी पदार्थहरुको तापक्रम ठिक्क नभएसम्म पर्खनुस । यसो नगरे चिसो पदार्थलाई सामान्य तापक्रममा ल्याउन धेरै ग्यास खर्च हुन्छ र ग्यास बचत हुन् पाउदैन ।

५. खाना पकाउदा सकेसम्म भाँडाहरु छोपेरै नै राख्नुहोस् । भाँडा छोपेर पकाउदा ग्यास बचत हुन्छ ।सकेसम्म कुकरको प्रयोग गर्नु होस् । यसले ग्यासको साथै समयको पनि बचत हुने गर्दछ ।

६. दाल, चना,  राजमा गेडागुडी जस्ता तरकारी बनाउनु छ भने पहिला त्यसलाई केहि घण्टासम्म पानीमा भिजाएर राख्नुहोस् । यसो गर्दा ग्यासको साथै समयको पनि बचत हुने गर्छ ।

७. खाना बनाउँदा भाँडा बसाल्नुभन्दा अघि भाँडालाई आफैले ओभाएर बसाल्दा राम्रो हुन्छ । यसो गर्दा भाँडा ओभाउनको लागि खर्च हुने ग्यास तथा समय पनि बचत हुन्छ । खाना बनाउदा सकेसम्म धेरै पानीको प्रयोग नगर्नुहोस । पानीको मात्रा धेरै हुँदा पानी वाष्पीकरण हुँन धेरै समय लाग्नुका साथै ग्यास र समय बढी खर्च हुन्छ ।

८. खाना बनाउनु अघिनै काट्नु पर्ने तरकारीहरु काटेर तयार राख्नुस । आबश्यक पर्न सक्ने अन्य सामग्री पनि आफु नजिक तयारी अवस्थामा राख्नुस  । यसो गर्दा ग्यास खेर जादैन र तपाइले ग्यासको अधिकतम प्रयोग गर्न सक्नु हुन्छ ।

 

प्रकाशित : बुधबार, जेठ ३१, २०७४१७:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आफु सुत्ने कोठामा यी ६ कुराहरु भुलेर पनि नराख्नुस्, जसले दाम्पत्य जिवनमा यस्तो हानि पुर्याउँछ !