जात, विभेद अनि म

रुपनी जि.एम –
‘छोरी,के थरी रु’ म घर्ती मगर । ‘ए,,,,,,,,,,मगर पो’ किन र मामु रु ‘मैले त अरु नै जात सोचेकी थिएँ । मगर भएनि राम्री रहिछ्यौ ।’

साँझको खानाखाने समय भयो । असजिलो हुंदै मामुले भन्नु भयो–‘छोरी अँगेना नीर भित्रबाहीर गर्दा भ¥याङबाट ओर्लिएर जाने बाटो एकै प¥यो त्यसो हुनाले अप्ठेरो नमानी अल्लीयता बस ल ।’ भन्दै मलाई भ¥याङ छेउको चकट्टी देखाउनु भयो । केहि नबोली बसें ।


आफु संगै आएकि साथीलाई चुल्होको छेउमा बसालियो । सोचें अँगेना छेउ ठाउँ हुँदाहुँदै किन मलाई यी बोकाहरुसंग राखेको होला रु मनमनै सम्झें ‘यिनका घरका यिनै राजा, मलाई केको कस्कस्


बसेको ठाउं पछाडीबाट छिप्पेका बोकाहरु गन्ध छोडी रहेका थिए । हामी पाहुनाहरुलाई भनि निकै मेहनतका साथ मरमसलाहाली पकाईएको मासुको बास्ना भन्दा पनि बोकाको गन्ध बढी । खाने समयमा बोकाहरु बड्किम्ला (बोकाको दिशा) झार्थे बररर । थालमा पर्ला कि भन्ने डर । ठाउँ साटेर बसौं कि झैं पनि लाग्यो ।

आफु संगै आएकि साथीलाई चुल्होको छेउमा बसालियो । सोचें अँगेना छेउ ठाउँ हुँदाहुँदै किन मलाई यी बोकाहरुसंग राखेको होला रु मनमनै सम्झें ‘यिनका घरका यिनै राजा, मलाई केको कस्कस् र मत आज्ञाको पालनागर्ने पाहुना न परें ।’

संगैंको साथी र मलाई गरीएको व्यवहारले सोंच मग्न भएँ म । सुर्खेत देखि भक्तपुर सम्मको यात्राको थकानले छोड्यो बरु तर त्यो विभेदले चिन्ताले छोडेन । मस्तिष्क भरि, किन यस्तो विभेद गरिएको भन्ने सोचें । के म मगर र साथी कंडेल ९बाहुन० भएकोले नै यस्तो भेदभाव गरीएको होत भन्ने लाग्यो ।

यो अनुभव झण्डै एकदशक पहिलेको हो । साथीले काठमाडौं जाँदा मेरो घरमा बसे हुन्छ भनेको थियो । २०६५ साल भदौ महिनामा रेडियोको तालिम परेर ५ दिनकालागि एक जना साथी र म काठमाण्डौ गएको समयमा उसको घर गयौं । त्यतिबेला हामीलाई आफ्नो घरमा जानु भन्ने साथी भने अमेरीका थियो । चार दिनको बसाईमा संयोगले कृष्णजन्माष्टमी पनि त्यही मनाउनु प¥यो । पूजागर्न चाँगुनारायण मन्दीर गयौं ।

पूजाको थाली र सामाग्री मैले समात्दा छोईन्छ भनेर मामुले साथी र भाउजुलाई सामाग्री समात्न लगाई मलाई आफुसंगै हिंडाउनु भएको थियो । बुझ्दै जाँदा साथीको मामुले मात्र होईन रहेछ, भक्तपरको पिखेल गा।वि।सका प्रायले जातिय छुवाछुतलाई परम्परा नै मान्दा रहेछन् ।

परम्पराको विपरित गए घरलाई, घरलाई नभए आफन्तलाई अनि ईष्टमित्रलाई र तिनलाई पनि नभए छिमेकीलाई “छेद” लाग्छ भन्ने मान्यता रहेछ । दुर्भाग्यबस् म पनि त्यही मान्यताले गाडेको जरा मुनि गडिन पुगेछु ।

२०७० साल श्रावण महिनामा एक जना साथीको घर ईलाम गएकि थिएँ । छिट्टै घुलमलि हुने, व्यवहारिक र बोल्ने स्वाभावको कारण बिरानो ठाउँमा पनि चिनेजाने झैंगरि सबैसंग घनिष्टता कायम गर्न सक्ने बानी भएकाले त्यति अफ्ठेरो भोग्नु पर्दैन मलाई ।

त्यहाँपनि सबैको मन जीतें । त्यस घरको रुद्री पूजामा आउने जाने सबैको माया पाएँ । हामी पश्चिमेलीहरुमा पुर्वेलिहरु प्रति अनेक सोंच र भ्रमहरु हुन्छन् । सायद हामीप्रति पुर्वेलिहरुका पनि हुँदाहुन । तर मैले सोंचे भन्दा सहज र सरल पाएँ त्यो परिवार र समाज । खुसी भएँ मनमनै ।

नेपालगञ्ज फर्कदै गर्दा साथीले उसको परिवारको म प्रतिको धारणलाई यसरी सुनायो–‘तिम्लाई थाहा छ रुपी रु तिम्रो सबैसंग मिजासिलो भएर बोल्ने बानी र सहयोगी व्यबहार देखेर आमाले मलाई माथि कोठामा बोलाएर सोध्नु भयो ।

केटी चाही हामीलाई मन प¥यो यत्तिको गुण र खुबि भएकी केटीले परिवारलाई खुशी राख्न सक्छे । बरु के थरी हो उ रु भनी सोध्नु भाको थियो, मैले मगर भने पछि लु भयो नी त कुरै सकियो नी भनी उहाँहरु त उठेर हिंडिदिनु भो ।’ उसको कुराले ०६५ को भक्तपुरको घटनालाई सम्झें । जाहाँ म परमपराको नाममा विभेदले गाडेको जरा मुनी गाडिन पुगेकी थिएँ ।


बुवा वरिष्ठ अधिवक्ता, आमा सरकारी शिक्षिका । त्यस्तो परिवारमा त म जस्तो व्यक्तिलाई जातिय विभेदको कारण यत्रो अपमान हुन्छ भने अरुलाई झनकुन रुपमा हुन्छ होला ?


मलाई ती ईलामकी उप्रेती थर भएकी आमाले बुहारी बनाए हुन्थ्यो भन्ने चाहाना एक रत्तिपनि थिएन । नत म त्यस घरमा मैरै हुनेवाला परिवार हुन् यी भनेर हेर्न गएकी थिएँ । नत त्यो समाज र त्यस घरको बुहारी बन्ने वाली नै थिएँ ।

मेरो चाहाना भनु या अपेक्षा केवल यत्तिमात्र थियो कि, म पुर्व जस्तो विकसित ठाउँमा जाँदा आफ्नो पहिचानलाई गर्वका साथ मगर भनेर चिनाउदा कुनै पनि किसिमको छुवाछुत व्यहोर्नु पर्दैन या नपरोस् ।

बुवा वरिष्ठ अधिवक्ता, आमा सरकारी शिक्षिका । त्यस्तो परिवारमा त म जस्तो व्यक्तिलाई जातिय विभेदको कारण यत्रो अपमान हुन्छ भने अरुलाई झनकुन रुपमा हुन्छ होला ?

आखिर कहिले सम्म मान्छेले मान्छेलाई जात, धर्म, रितीरिवाज, संस्कृति, वंश, समुदाय र पेशाका नाममा सार्वजनिक र नीजी स्थानहरुमा यस्ता जातीय छुवाछुतको आडमा बिभेद गरि रहने रु कहिले सम्म मान्छे मान्छेको बसाईलाई घर र गोठको जस्तो बनाएर बीचमा जातीय छुवाछुतको पर्खाल लगाई रहने हो ?

पत्रकारीताको दौरानमा क्षमता विकास, रिपोर्टीङ या व्यक्तिगत घुमघामको शिलशिलामा नेपालको धेरै ठाउँ पुग्ने अवसर मिल्यो । जातीय छुवाछुतका कारण विभेदीकरणको शिकार बन्न बाध्य भएर शारिरीक तथा मानसिक रुपमा पीडित भएका घटनाहरु देखें र सुने पनि ।

तर आफु नै छुवाछुतको शिकार बन्नु प¥यो भने मात्र वास्तविक अनुभुति हँुदो रहेछ । अनि मात्र थाहा हुन्छ, पीडाको गहिराई कति भन्ने ?


बाहुनमा पनि विभिन्न तहहरु छन् । क्षेत्रीमा पनि को असली क्षेत्रि काजि हो भन्ने विवादहरु भईरहेका हुन्छन् । जनजातिहरुमा पनि सानो र ठुलो जातको विभेल उत्तिकै छ । सबै भन्दा बढी त दलित समुदाय भित्रै जातहरुको तह छ ।


नेपाली समाजमा झट्ट हेर्दा दलित र गैरदलितको विचमा मात्र जातिय भेदभाव देखिन्छ । समाजलाई केलाएर हेर्ने हो भने हरेक जातिभित्र भेदभाव छ ।

बाहुनमा पनि विभिन्न तहहरु छन् । क्षेत्रीमा पनि को असली क्षेत्रि काजि हो भन्ने विवादहरु भईरहेका हुन्छन् । जनजातिहरुमा पनि सानो र ठुलो जातको विभेल उत्तिकै छ । सबै भन्दा बढी त दलित समुदाय भित्रै जातहरुको तह छ ।

यसले के देखाउंछ भने हाम्रो समाजमा जातिय रुपमा विभिन्न पर्खालहरु छन् । जसलाई संस्कार, दम्भ, घमण्ड र संकोचले जोगाई राखेको छ । परम्पराले जोगाई राखेको जातिय दुरी क्रमश घटीरहेको छ ।

सरकारी र गैरसरकारी पहलहरु भइरहेका पनि छन् । तर सम्पन्न, ठुला जात र शिक्षित भनाउंदाहरुको सोंचमा परिवर्तन नभएसम्म हामीले जति नै आवाज उठाए पनि यो आवाज बुलन्द हुनै सक्दैन । पिडीतले पीडा भोगीरहनु पर्छ । झन पानी नचल्ने भनिएका समुदायका व्यक्तिहरुको के हालत होला रु यस विषयमा सजिलै अनुमान लाउन सकिन्छ ।

जहाँ निरक्षरहरु छन्, जहाँ गरिबि छ, जहाँ सभ्यताको चेतना छैन, तिनिहरुलाई जातिय विभेदको सवाल फिक्का हुनसक्छ । हाम्रो छुवाछुत विरुद्धको अभियान गाउँ घरका बस्तिहरुमा, अनी हिमाल पहाडका पाखापखेरा र कुनाकन्दराहरुमा चलाउन आजको आवश्यकता हो ।

छुवाछुत भनेको विभेद हो । यही विषय केवल हामीले उनीहरुलाई मात्रै सम्झाउदै हिंडिरहेका छौं, जो परम्पराको नाममा जातियविभेद कायम राख्नु पर्छ भन्ने तहको चेतनामा छन् ।

शहरका ठूलाठूला महलहरुमा बस्ने, सम्पन्नशाली र विलासी जीवन बिताउने, शिक्षित र नीतिनिर्माणको तहमा रहेकाहरुको घैंटोमा घाम लाउने खालको अभियान त सुरु गरिएकै छैन ।

सरकारले जातिय भेदभावतथा छुवाछुत कसुर तथा सजाय ऐन २०६८ पनि ल्याएको छ । तर यसको कार्यान्वयनपक्षनिकै फितलो छ ।

पीडितहरुलाई लाग्छ, सबैभन्दा पीडित म छु । तर आफुले अरु जातिहरुलाई पीडा दिने काममा सहयोग गरिरहेको छु कि छैन भन्ने तर्फ पनि सोच्न जरुरी छ । जसलाई पीडाको अनुभुति छ वास्तवमा ति व्यक्ति र समुदाय जाग्ने बेला हो यो ।

छुवाछुतलाई अन्त्य गर्ने अभियान सबै ठाउँमा आवश्यक होला तर त्यहाँ अझ जरुरी छ जहाँ निरक्षर हैन साक्षरहरुको बाहुल्यता छ, जाहाँ गरिबका झुपडी हैन सम्पन्न र विलासी जीवन बिताउनेहरुको संख्या धेरै छ, छुवाछुतको विषयमा भाषण सुन्नेहरुको जमात होईन गर्नेहरुको होडबाजी छ । जसले चिन्तन र व्यवहारमा परिवर्तन ल्याओस ।

[लेखिका केही समय यता लाइट नेपाल डटमकममा आबद्ध छिन् । पछिल्लो समय राजधानीमा क्रियाशील उनी समसामयिक विषयमा रिपोटिङ्ग गर्छिन् ।]

प्रकाशित : मङ्गलबार, जेठ ३०, २०७४०८:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

धोती र टोपीको लडाईँले हामी एक दिन न धोती न टोपीको हुनेछौँ : अनिता यादब