चमत्कारी गुफा, जहाँभित्र छिरेपछि जस्तोसुकै गम्भीर रोग पनि निको हुन्छ, यस्तो छ बैज्ञानिक कारण

एजेन्सी – अष्ट्रियामा एउटा यस्तो गुफा फेला परेको छ जुन गुफा भित्र छिरिसकेपछि गम्भीर रोगव्याधी पनि आफैं निको हुन्छ भन्ने मान्यता छ । तपाईंलाई गुफाभित्र छिरेपछि रोग निको हुन्छ , भन्ने कुरा विश्वास नलाग्न सक्छ । तर यसको एक बैज्ञानिक कारण पनि छ । जसले गर्दा यो गुफा अहिले चर्चाको बिषय बनेको छ ।

यो गुफाभित्र एउटा विशेष ग्याँस पाइन्छ । उक्त ग्याँसले मानिसको शरीरमा रहेका विभिन्न रोग निको बनाउने विश्वास गरिन्छ । यो गुफा अष्ट्रियाको गस्टिनमा छ । सुनखानीको खोजी गर्ने क्रममा उक्त गुफा फेला परेको थियो । 

यो गुफाभित्र रेडन ग्याँस पाईन्छ । यो एक विकिरणजन्य ग्याँस हो । यस गुफाबाट निस्किने रेडियोएक्टिभ ग्याँस छालाभित्र गई शरीरको कोशिकाभित्र पुग्दछ ।  जसले गर्दा गम्भीर रोगहरु पनि निको हुने हुन्छ ।

प्रकाशित : शुक्रबार, जेठ २६, २०७४१२:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हामी किन बोल्छौं झूट ? (रिपोर्टसहित)