श्रीमतीलाई पर-पुरुषसँग आफ्नै बेडमा रङ्गेहात भेटेपछि…

एजेन्सी- चिनियाँ सामाजिक सञ्जालमा अचेल एक भिडियो भाइरल बनिरहेको छ । जसमा पत्नीको धोकेबाजीबाट पागल भएका पतिले पत्नीमाथि हमला गरिरहेको देखिन्छ ।

आफ्नी पत्नीलाई अर्को केटासँग नग्न अवस्थामा देखेपछि पति होस गुमाइदिन्छन् । र दुवैमाथि हमला गर्छन् । उनीहरुमाथी हमला गर्नु अगाडि केटाले आफ्ना साथीहरुलाई पनि बोलाउँछन् । यो भिडियोलाई १० लाखभन्दा बढी पटक हेरिएको छ । भिडियोको भाषाअनुसार अनुमान लगाउन सकिन्छ कि उक्त भिडियोे दक्षिण चीनको गुआनडोङ्ग पान्तमा रेकर्ड भएको हो ।

भिडियोमा महिला आफ्नो प्रेमीलाई बचाउन पूरा कोशिष गरिरहेको देखिन्छ । पतिको हमलाबाट बचाउन महिला आफ्ना प्रेमीलाई छोपिदिन्छिन् । तर पत्नीको धोकेबाजीबाट पागल भएका पतीले दुवै जनालाई नराम्रोसँग पिट्छन् । भिडियोमा दुवै जना कराइरहेको सुनिन्छ । अन्त्यमा दुवै जनालाई घिसारेर बाहिर निकालिन्छ । महिलाका पतीका साथीहरुले पनि दुवै जनामाथि आक्रमण गर्छन् ।

चिनियाँ सोसल मिडियामा उक्त भिडियोले नयाँ बहस जन्माएको छ । धेरैजसो मानिसहरुले महिलाप्रति सहानुभूति पनि जनाएका छन् ।

प्रकाशित : शनिबार, जेठ २०, २०७४१४:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

थाईल्याण्डको सबैभन्दा डरलाग्दो बुद्धिस्ट हेल पार्क, जहाँ हेर्न सकिन्छ पापीले नर्कमा भोग्ने सजाय