एउटा यस्तो ठाउँ, जहाँ गएपछि कोहि पनि बाँचेर फर्किदैन: आखिर के छ त्यस्तो त्यहाँ ?

एजेन्सी – पृथ्वीमा केहि त्यस्ता ठाउँहरु पनि छन् जुन अत्यन्तै भयानक छन कि जहाँ गईसकेपछि कुनै मानिसहरुको बाँच्ने सम्भावना हुँदैन या अत्यधिक कम हुन्छ । यस्तै एउटा टापु इटालीमा पनि रहेको छ ।

संसार भर ‘आइल्याण्ड अफ डेड’ को नामले चिनिने इटालीको प्रोवेग्लिया टापुमा सन् १९२२ मा मानसिक अस्पताल निर्माण गरिएको थियो । तर यस अस्पतालमा काम गर्ने डाक्टर तथा नर्सहरुले प्रायःजसो नै केही असामान्य चिजहरु देख्न थालेपछि त्रासका कारण उक्त अस्पताल नै बन्द गरियो । त्यसपछि धेरै वर्षसम्म उक्त अस्पताल बन्द नै रह्यो । अफ ट्रयाक प्लानेट डट कमका अनुसार सन् १९६० मा इटाली सरकारले उक्त टापुलाई बेचिदियो । उक्त टापु खरीद गर्ने मानिस आफ्नो परिवार सहित टापुमा बस्न थाले । एक दिन उक्त टापुका मालिककी छोरीको मुखमा कसैले टोकिदियो । उनलाई शल्यक्रिया गरी १४ वटा टाँका लगाउनुपर्यो ।

यस टापुमा यसपश्चात अनेकौं घटना भई निया रहन थाले । डरलाग्दा तथा रहस्यमय घटना भैरहेपछि सरकारले उक्त टापुमा जान प्रतिबन्ध लगायो । १२० वर्ष पहिले उत्तः टापुको प्रयोग प्लेगबाट ग्रस्त मानिसहरुको गरिन्थ्यो । प्लेगरोगीलाई त्यहाँ लगेर छाडिन्थ्यो, ता की अन्य मानिसहरुमा त्यो रोग नफैलियोस् । त्यसपछि उक्त टापु अन्य प्राणघातका रोगका रोगीहरुका लागि पनि प्रयोग गरियो । रोगबाट मरेका मानिसहरुको लास पनि त्यहीँ गाडिन्थ्यो । तर एक पटक उक्त टापुमा रोगीहरुको संख्या १ लाख ६० हजार पुग्यो । त्यसपछि त्यहाँको क्रुर सरकारले रोगीहरुलाई ज्यूँदै जलायो ।

रोगीहरुलाई राख्ने तथा मार्ने ठाउँको रुपमा प्रयोग गरिएको हुनाले पनि उक्त ठाउँ संक्रमित रहेको र मानिसहरु गएपछि विभिन्न रोगले आक्रमण गरेर मानिसको मृत्यु हुने गरेको बताइन्छ । त्यसैले इटालीको सरकारले यस टापुमा जानको लागि मनिशारुलई प्रतिबन्ध लगाएको छ।

प्रकाशित : शुक्रबार, जेठ १९, २०७४१८:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

श्रीमतीलाई पर-पुरुषसँग आफ्नै बेडमा रङ्गेहात भेटेपछि…