न्यायपीठले बलात्कृत पिडितलाई नै मृत्युको सजाय सुनाएपछि !

एजेन्सी, पाकिस्तानको एक गाउँमा न्यायपीठले आफ्नै नातेदारसंग अबैध सम्बन्ध राखेको दोषमा १९ वर्षीय युवतीलाई मृत्युको सजाय सुनाईसकेको छ । तर युवतीले भने एउटै नातेदारमा बन्दुकको त्रासमा आफु बलात्कृत भएको जनाएकी छिन् । यो घटना लाहौर देखि करिब ४०० किलोमिटर दुरीमा स्थित राजनपुर् जिल्लामा भएको  हो।

न्यायपीठको फैसला थाहा भएपछि युवती त्यस गाउँबाट भागिन र यसको सूचना पुलिसलाई दिईन । युवतीले आफ्नो नातेदार खलील अहमदसंग कुनै प्रकारको अबैध सम्बन्ध नभएको जनाएकी छिन् । खलिलले बन्दुक देखाएर बलात्कार गरेको उनले आरोप लगाएकी छिन् । युवतीले पुलिसलाई भनिन, ‘म चिच्याउन सक्दैनथे किनकि अहमदको हातमा  बन्दुक थियो । न्यायपीठले युवतीको कुरा नसुनी घोषणा गरे कि युवतीले आफ्नै इच्छाले उसंग अबैध सम्बन्ध राखेको हो भनेर । न्यायपीठले अहमदको बिरुद्द कुनै कारवाही नगरेको पिडित युवतीले बताईन।

 

 

प्रकाशित : सोमबार, जेठ १५, २०७४१६:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी हुन् मर्नु भन्दा पहिले एक पटक घुम्नै पर्ने १० ठाउँहरु…