अन्धो माछा हेर्नकै लागि विदेशदेखि पर्यटकहरु आउछन् यो ठाउँमा: टिकटको जम्मा २५ रुपैया

एजेन्सी, छतीसगढको बस्तर सहरमा यस्ता गुफा छ जहाँ मानिसहरु केवल माछाहरु मात्र हेर्न आउने गर्दछ । त्यहा  जमिनदेखि ५० फित तल ३३० मिटर लामो गुफा फैलिएको छ। जमिनदेखि धेरै कम हुनुको कारण यो गुफामा पानि भरिएको छ । र यस पानीमा धेरै माछाहरु रहेको छ । हुनत पानीमा माछाहरु बस्ने गर्छन यो सबैलाई थाहा छ तर त्यहा पाउने माछाहरु अन्धो रहेको छ । त्यसैले त्यस स्थान विशष रहेको हो।

यी अन्धो माछाहरु हेर्नको लागि टाढा-टाढाबाट पर्यटकहरु आउने गर्दछ। यस गुफाको अनुसन्धान बिलासपुरमा बस्ने प्रोफेसर शंकर तिवारीले १९५८ मा गरेका थीए। आदिवासी को मद्दतले उनि त्यहाँ गएका थिए। र उनले देखे चुन ढुंगाबाट बनेको ति कुटुमसर गुफामा पानीको क्षरणको कारण केहि आकृति बनेको थियो। त्यही गुफाको तल बनेको पोखरीमा माछाहरुले आखा देख्दैनथे।

ति गुफामा धेरै अध्यारो हुने भएकोले वर्षौदेखि त्यहा भएको माछाको आखा पातलो झिल्लीले छोपेको छ । जसकारण  त्यहाको माछा पुर्णरुपमा अन्धो भएको हो । तपाई यो सुनेर अचम्म हुनुहुनेछ ।  अन्धो माछा हेर्नको लागि युरोप र अष्ट्रेलिया जस्तो देशबाट पर्यटक आउछन्। यस गुफाको ढोका जाडो महिनामा पनि खुल्छ । र त्यहाको माछा हेर्नको लागि २५ रुपैयाको टिकट लिनु पर्दछ।

 

 

प्रकाशित : बिहिबार, जेठ ११, २०७४१५:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

न्यायपीठले बलात्कृत पिडितलाई नै मृत्युको सजाय सुनाएपछि !