केटीहरुलाई कसरी ईम्प्रेस गर्ने, यस्तो छ ‘लभ गुरु’को सुझाव !

-लभ गुरु स्वरिम कल्प                                                                                                             एजेन्सी – के तपाईं केटिहरुलाई कसरी आर्कषित गर्ने भन्ने कुरा सोच्दै हुनुहुन्छ ? प्रेमप्रस्ताव राख्नुभन्दा पहिला तपाईंले मनपर्ने केटिलाई आफूतिर आर्कषित गर्न जरुरी छ । यसको लागि निम्न तरिकालाई अपनाउनुहोस् ।

१) लुगा लगाउने शैली: तपाईंलाई मनपर्ने केटिले लगाउने लुगाको शैलीबारेमा तपाईंलाई जानकारी हुन जरुरी छ । तपाईंले पनि त्यहि अनुसार लुगा लगाउनुभएमा केटिहरु तपाईंप्रति आर्कषित हुन्छन् ।

२) विनम्र भएर बोल्नुहोस् : सबैसँग विनम्रपूर्वक कुरा गर्नुहोस् । अरुलाई आदर गर्ने बानी प्राय सबै केटिलाई मनपर्छ ।

३) प्रशंसा गर्नुहोस्: केटिहरुलाई प्रशंसा गरेको एकदमै मनपर्छ । त्यसैलै तपाईंले इमान्दारितापूर्वक प्रशंसा गरेमा केटिहरु तपाईंप्रति आर्कषित हुन्छन् ।

४) विशेष भएको महशुश गराउनुहोस् ।: तपाईंले केटिहरुलाई अरुभन्दा विशेष भएको महशुश गराउन जरुरी छ । यसबाट केटिहरु छिट्टै तपाईंप्रति आर्कषित हुन्छन् ।
५) बच्चाको जस्तो व्यवहार गर्नुहोस् : बच्चालाई मानिसहरु धेरै माया गर्छन् । यसरी नै माया गरेको केटिहरुलाई पनि मनपर्छ । यसबाट केटिहरु आर्कषित हुन्छन् ।

६) निर्णयलाई स्विकार तथा सम्मान गर्नुहोस्: यदि तपाईंले केटिलाई केही कुराको लागि अनुरोध गर्नुभएको छ वा उनलाई आर्कषित पार्नको लागि कोशिश गर्नुभएको छ । तर उनले तपाईंको कुरालाई अस्विकार गर्छ भने उनको यस निर्णयलाई स्विकार्नुहोस् । जिद्दी गरेर बारम्बार एउटै कुरा भनेको केटीहरुलाई मनपदैन । उनलाई आरामपूर्वक सोच्ने समय दिनुहोस् ।

 

प्रकाशित : बिहिबार, जेठ ११, २०७४१२:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अन्धो माछा हेर्नकै लागि विदेशदेखि पर्यटकहरु आउछन् यो ठाउँमा: टिकटको जम्मा २५ रुपैया