काखी, घाँटी र कुहिना कालो भएर चिन्तामा हुनुहुन्छ भने ,यसो गर्नुस तुरुन्तै गोरो र सफा हुन्छ

एजेन्सी – कुहिना , घाँटी , घुँडा र काखी कालो हुने कारणले गर्दा धेरै मानिसहरु यसलाई देखाउन लाज मान्ने गर्छन । विभिन्न कारणहरुले गर्दा शरीरका यी भागहरु कालो हुने गर्छ । मानिसहरु यस समस्याबाट छुट्कारा पाउनको लागि विभिन्न किसीमका प्रयासहरु गर्ने गर्छन् । यसलाई छिट्टै हटाउनको लागि निम्न उपायहरुलाई अपनाउन सक्नुहुन्छ ।

काखीलाई कालो हुन नदिने उपायहरु

दुध

आवश्यक सामाग्रीहरु

२ चम्चा पिठो
१ चम्चा दुध
१ चम्चा दही

विधि

माथिका सबै सामाग्रीहरुलाई मिक्सरमा हालेर पिस्नुहोस् । त्यसपछि यस पेस्टलाई काखीमा लगाउनुहोस् । १५ मिनेटपछि पानीले पखाल्नुहोस् ।

२) काँक्रो

काँक्रो छालासम्बन्धि समस्या हटाउनको लागि निकै नै राम्रो छ । यसको प्रयोगबाट कुनै किसीमको हानी हुदैंन ।

विधि

काँक्रोको प्रयोग तपाईंले दिनहुँ गर्न सक्नुहुन्छ । काँक्रो , कागतीको रस र बेसारलाई मिसाउनुहोस् । र यसलाई काखीमा लगाउनुहोस् । यसका साथै तपाईंले काँक्रोलाई स–सानो टुक्रामा काटेर यसलाई सीधै काखीमा लगाउन सक्नुहुन्छ । तपाईंले केही दिनमै आफूमा आएको परिवर्तनलाई देख्न सक्नुहुन्छ ।

कुहिना र घुँडा कालो हुने समस्याबाट बचाउने प्राकृतिक उपाय

चीनी

चीनीले मरेको छालालाई हटाउन मद्धत गर्छ । चीनी र जैतूनको तेललाई बराबर मात्रामा मिसाउनुहोस् । यस पेस्टलाई कुहिना र घुँडामा गोलाकार रुपमा ५ मिनेटसम्म लगाउनुहोस् । यसपछि सफा पानीले पखाल्नुहोस् । यस प्रक्रियालाई छाला चम्किलो र राम्रो नबनेसम्म दिनहुँ गर्नुहोस् ।

कागती

कागतीको प्रयोग छालाको लागि निकै नै राम्रो छ । कागतीको रसलाई सिधै कुहिना र घुँडामा २ मिनेटसम्म लगाउनुहोस् । २० मिनेटको लागि त्यसै छोड्नुहोस् । त्यसपछि मन्तातो पानीले पखाल्नुहोस् र क्रिम लगाउनुहोस् । तपाईंले कागतीको रससँग महलाई पनि मिसाई प्रयोग गर्न सक्नुहुन्छ ।

घाँटि कालो हुने समस्यालाई हटाउने घरेलु उपाय

बेकिंग सोडा

बेकिंग सोडामा थोरै पानीलाई मिसाई पेस्ट बनाउनुहोस् । यस पेस्टलाई घाँटीमा लगाउनुहोस् । त्यसपछि सुख्खा हुन दिनुभई केही मिनेटपछि सफा पानीले पखाल्नुहोस् । तपाईंले यसको प्रयोग हप्तामा २ पटक गर्न सक्नुहुन्छ ।

आलु

आलुमा छालासम्बन्धि समस्यालाई निको पार्ने गुण हुन्छ । आलुले छालालाई चम्किलो बनाउनमा मद्धत गर्छ । आलुलाई पिसेर पेस्ट बनाउनुहोस् । र यसलाई घाँटीमा लगाई १५ मिनेटको लागि त्यसै छोड्नुहोस् । यसपछि चिसो पानीले पखाल्नुहोस् ।

तपाईंले आलुमा कागतीको रसलाई मिसाई पनि प्रयोग गर्न सक्नुहुन्छ । तपाईंले यसको प्रयोग दिनहुँ गर्नु भएमा यसले छालाको कालो र दाग हटाउनमा मद्धत पुग्छ ।

घ्युकुमारी

घ्युकुमारीको रसले घाँटीमा दल्नुहोस् । २० मिनेटको लागि त्यसै छोड्नुहोस् । त्यसपछि सफा पानीले पखाल्नुहोस् । राम्रो परिणामको लागि यस प्रक्रियालाई दिनहुँ गर्नुहोस् ।

प्रकाशित : शुक्रबार, जेठ ०५, २०७४१४:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्तो छ अनावश्यक रौं हटाउने सजिलो उपाय, ३ चोटिको प्रयोगबाट सधैंको लागि ढुक्क