कपाल फुल्ने ६ कारण यस्ता छन्, सधैँ ख्याल राख्नुस्

एजेन्सी , अस्वस्थकर जीवनशैली, खानपान, अनावश्यक  चिन्ता र तनावका कारण कम उमेरमै कपाल फुल्ने समस्याले मानिसहरु ग्रसित भईरहेको पईन्छ । हामिले आजभोली सानै उमेरका बालबालिकाहरुको पनि कपाल सेतै फुलेको देखिरहेका पनि हुन्छौ ।

कपाल फुल्ने ६ कारण

१. रोगको कारण : यदी तपाइलाई सानै उमेरमा एक्जिमा, एनिमिया, थाइराइड, एड्स,डिप्रेसन र स्ट्रेसजस्ता समस्या भएको छ भने यस्तो अवस्थामा कपाल चाँडै फुल्ने गर्दछ ।

२. वंशाणुगत असर : यदी परिवारको सदस्य बाबु-आमाको कपाल सानै उमेरमा फुलेको छ भने वंशाणुगत असर पर्न गइ छोराछोरीको कपाल पनि सानै उमेरमा सेतो हुन सक्छ ।

३. पोषक तत्वको कमी : यदी तपाईको शरीरमा  भिटामिन बी १२,प्रोटीन, आइरन जस्ता पोषक तत्वको कमी भयो भने पनि कालो बनाउने मेलानिन तत्व कम बन्छ र कपाल सेतो हुने गर्दछ ।

४. औषधिको साइडइफेक्ट : एन्टिबायोटिक,डिप्रेसन तथा मलेरियाका औषधि लामो समयसम्म लिइरहने मानिसमा औषधिको साइडइफेक्टका कारण कपाल चाँडै फुल्ने गर्दछ ।

५. उमेरको असर : मानिसहरुको उमेर बढ्दै जादा, कपाल कालो बनाउने तत्व मेलानिन पिगमेन्ट कम हुँदैं जान्छ । जसले गर्दा वृद्ध उमेरमा कपाल सेतो हुने गर्दछ ।

६. रसायनको असर : ब्लीच, स्याम्पु , कन्डिसनर र अन्य हेयर प्रोडक्टमा पाइने रसायनका कारण पनि कपाल फुल्ने गर्दछ ।

प्रकाशित : शुक्रबार, बैशाख २९, २०७४१३:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्राकृतिक विधिबाटै, हात, मुख र खुट्टाको अनावश्यक रौं हटाउनुहोस्