जान्नुहोस् , कुन-कुन राशीबीच विवाह हुँदा अति शुभ: कुन-कुन राशीबीच अशुभ !

एजेन्सी – कुनैपनि सम्बन्धलाई जोड्नको लागि राशि मिलाएर हेर्ने चलन छ । तर प्रेमसम्बन्धमा यसप्रकारको कुरालाई बेवास्त गर्ने गरिन्छ । तथापि, ज्योतिष शास्त्रमा भने यसलाई निकै नै महत्वपूर्ण कुरा मानिन्छ । आज हामी तपाईंलाई यसै सम्बन्धि जानकारी दिन्छौं ।

तूला र सिंह: तूला र सिहंको जोडि एकदमै मिल्ने खालको हुन्छ । सामाजिक कार्यहरु गर्नमा दुबैको चासो बढि हुने हुन्छ । सिंहले जहिल्यै पनि आफूलाई हेरविचार गरोस् वा ध्यान दिओस् भन्ने चाहन्छ र तुलाले यस चाहनालाई पुरा गर्छ । यसै कारणले गर्दा यी दुई राशिको जोडि निकै नै राम्रो हुन्छ ।

मिथुन र तुला: मिथुन र तुलाको यौन सम्बन्ध राख्ने चाहना तीव्र हुन्छ । यिनीहरु चाडैं सम्बन्धमा गासिन्छन् । दुई बीचको झगडालाई यीनीहरुले आफै शान्त पार्न सक्छन् ।

मेष र कुम्भ: यी दुई राशीको जोडि निकै नै रमाईलो किसीमको हुन्छ । यीनीहरुको जोडिलाई देखि सबैजना ईर्ष्या गर्ने खालको हुन्छ ।

मेष र कर्कट: मेष राशि साहसी स्वभावको हुन्छ । र कर्कट राशी सधैं यस राशिको उर्जाबाट प्रेरित हुन्छ ।

मेष र मीन: यीनीहरुको जोडि एकअर्काको लागि निकै नै राम्रो हुन्छ ।

कर्कट र मीन: यीनीहरु दुबैजना संवेदनशील र समझदार हुन्छन् । यसै कारणले गर्दा एकले अर्कालाई चित्त दुखाउने वा पिडा दिने काम गर्दैनन् ।

वृष र कर्कट: यीनीहरुको जोडि एकअर्काको लागि पूरक हुन्छ । किनभने दुबैजना एकअर्कालाई बुझ्ने किसीमका हुन्छन् । यीनीहरु दुबैलाई घर र परिवार निकै नै महत्वपूर्ण हुन्छ ।

बृष र मकर: बृषले मकर राशीलाई सधैं खुशी बनाउने काम गर्नुको साथै हरेक भावनालाई आदर गर्ने किसीमको हुन्छ । मकरको हरेक कामलाई प्रशंसा गर्ने स्वभाव बृष राशिको हुन्छ ।

धनु र मेष: धनु राशि निकै नै मायालु किसिमको हुन्छ । यीनीहरुलाई नाटक गरेको मनपर्दैन । मेष राशिलाई सामाजिक कार्य निकै नै मनपर्छ । यसै कारणले गर्दा यी दुबैको जोडि निकै नै राम्रो हुन्छ ।

सिंह र धनु: सिंह राशि अलि जिद्दी स्वभावको हुन्छ । तर धनुलाई सिंहमा भएको आत्मविश्वास निकै नै मनपर्छ । यसै कारणले गर्दा धनुले सधैं सिंह राशिलाई साथ दिनुको साथै समस्याको समाधान गरिदिने कोशिश गर्दछ ।

कन्या र मकर: कन्या राशि छिट्टै चिन्तित हुने स्वभावको हुन्छ । तर यीनीहरु खुल्ला मनको हुन्छ । मकरले यीनीहरुको व्यवहारलाई राम्रो मान्छ । जस्ले गर्दा सम्बन्ध निकै नै राम्रो हुन्छ ।

कुम्भ र मिथुन: कुम्भ राशि रचनात्मक प्रतिभा भएका हुन्छन् । यसलाई मिथुन राशिले आदर गर्दछ । यहि कारणले गर्दा जीवनमा आउने उतारचढावलाई सजिलै समाधान गर्ने क्षमता यो जोडिको हुन्छ ।

सिंह र मिथुन : यीनीहरु दुबैलाई साहसिक कार्यमा रुची हुने भएकोले संगै काम गर्ने गर्छन् । मिथुनले सिंह राशीको आवेशमा काम गर्ने बानीलाई मात्र रोक्ने प्रयास गर्दछ ।

बृश्चिक र सिंह: बृश्चिक राशि ईर्ष्यालु स्वभावका हुन्छन् । तर यीनीहरुले सिंहको ध्यानलाई आर्कषित गर्न सक्छन् ।

प्रकाशित : मङ्गलबार, बैशाख २६, २०७४१८:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

किन एक मुखे रुद्राक्षलाई मानिन्छ शिवको रूप ? जान्नुहोस् कति मुखी रुद्राक्षको महत्व के !