
१. उत्तम श्रेणी- जुन रुद्राक्ष अमला आकारमा बराबर हुन्छ त्यो सबै भन्दा उत्तम मानिन्छ।
३. निम्न श्रेणी- चना बराबरको आकार भएको रुद्राक्ष निम्न श्रेणीमा राखिन्छ।
कति मुखे रुद्राक्षको महत्व के ?
१. एकमुखी रुद्राक्ष :
एकमुखी रुद्राक्ष भगवान शिवको स्वरुप हो । जहाँ यो रुद्राक्षको पुजा हुन्छ, त्यहाँ लक्ष्मी माताको आशिष रहन्छ । यो रुद्राक्ष लगाउने व्यक्ति कहिल्यै पनि गरिब हुँदैन ।
२. दुईमुखी रुद्राक्ष
दुईमुखी रुद्राक्षलाई देव देवेश्वर मानिन्छ । शिवपुराणका अनुसार कुनै पनि व्यक्तिले यो रुद्राक्ष धारण गर्न सक्छन् र यस्ता व्यक्तिको हरेक चाहना पुरा हुन्छन् ।
यो रुद्राक्ष धारण गर्ने मन्त्र– ऊँ नमः
३. तीनमुखी रुद्राक्ष
शिवपुराण अनुसार तीन मुख भएको रुद्राक्ष सफलताको सम्बाहक हो । विद्या प्राप्तिका लागि यो रुद्राक्षलाई चमत्कारी मानिन्छ ।
यो रुद्राक्ष धारण गर्ने मन्त्र– ऊँ क्लीँ नमः
४. चारमुखी रुद्राक्ष
शिवपुराण अनुसार चार मुख भएको रुद्राक्ष ब्रह्माको स्वरुप हो । यस्तो रुद्राक्षको दर्शन, तथा स्पर्शबाट धर्म, अर्थ काम तथा मोक्ष प्राप्त हुन्छ ।
यो रुद्राक्ष धारण गर्ने मन्त्र– ऊँ ह्रीँ नमः
५. पाँचमुखी रुद्राक्ष
पाँचमुखी रुद्राक्ष कालाग्नि रुद्र स्वरुप हुन्छ । यो सबै काम गर्न समर्थ हुन्छ । यो धारण गर्दा अद्भुत मानसिक शक्ति तथा विकास हुन्छ ।
यो रुद्राक्ष धारण गर्ने मन्त्र– ऊँ ह्रीँ नमः
६. छमुखी रुद्राक्ष
६ वटा मुख भएको रुद्राक्ष भगवान कार्तिकेयको स्वरुप मानिन्छ । जसले यो रुद्राक्ष धारण गर्छ उसको सबै पाप नष्ट हुने विश्वास गरिन्छ ।
यो रुद्राक्ष धारण गर्ने मन्त्र– ऊँ ह्रीँ हुँ नमः
७. सातमुखी रुद्राक्ष
सातमुखी रुद्राक्षलाई आत्मकारुपमा लिइन्छ । कुनै पनि व्यक्तिले यसलाई धारण गरे त्यस्ता व्यक्तिलाई धनधान्य हुने विश्वास गरिन्छ ।
यो रुद्राक्ष धारण गर्ने मन्त्र– ऊँ हुँ नमः
८. अष्टमुखी रुद्राक्ष
आठमुख भएको रुद्राक्ष अष्टमूर्ति भैरवस्वरुप हुन्छ । यसलाई धारण गर्ने मनुष्यको पूर्णायु हुन्छ र अकाल मृत्युको भयबाट टाढा रहन्छ ।
यो रुद्राक्ष धारण गर्ने मन्त्र– ऊँ हुँ नमः
९. नौमुखी रुद्राक्ष
नौ मुख भएको रुद्राक्षलाई भैरवको प्रतिक मानिन्छ । यसलाई धारण गर्ने व्यक्तिले आफ्नो क्रोधलाई नियन्त्रणमा राख्न सक्छ भने ज्ञान प्राप्त गर्न पनि सक्छ ।
यो रुद्राक्ष धारण गर्ने मन्त्र– ऊँ ह्रीँ हुँ नमः
१०. दशमुखी रुद्राक्ष
दशमुखी रुद्राक्ष भगवान विष्णुको रुप हो । शिवपुराणअनुसार यसलाई धारण गर्ने मनुष्यका सम्पूर्ण इच्छा पुरा हुन्छन् ।
यो रुद्राक्ष धारण गर्ने मन्त्र– ऊँ ह्रीँ नमः
११. एघारमुखी रुद्राक्ष
एघार मुख भएको रुद्राक्ष रौद्र रुप हो । यो धारण गर्ने व्यक्तिले विजय प्राप्त गर्दछ । अर्थात् यो रुद्राक्ष धारण गर्ने व्यक्तिले कुनै पनि परिस्थिीमा हार स्वीकार गर्नु पर्दैन ।
यो रुद्राक्ष धारण गर्ने मन्त्र– ऊँ ह्रीं हुँ नमः
१२. बाह्रमुखी रुद्राक्ष
बाह्र मुख भएको रुद्राक्ष धारण गर्ने व्यक्तिलाई कहिल्यै पनि इमान, इज्जत, पैसा र प्रतिष्ठाको कमि हुँदैन ।
यो रुद्राक्ष धारण गर्ने मन्त्र– ऊँ क्रौं क्षौं रौँ नमः
१३. तेह्रमुखी रुद्राक्ष
तेह्रमुखी रुद्राक्ष विश्वदेवको रुप हो । शिव पुराणअनुसार यसलाई धारण गर्ने मनुष्य सौभाग्य र मंगल प्राप्त गर्दछ ।
यो रुद्राक्ष धारण गर्ने मन्त्र– ऊँ ह्री नमः
१४. चौधमुखी रुद्राक्ष
चौधमुखी रुद्राक्ष परम शिवरुप हो । शिव पुराणअनुसार यसलाई धारण गर्ने व्यक्तिका सबै पाप नाश हुन्छन् ।
यो रुद्राक्ष धारण गर्ने मन्त्र– ऊ नमः