यी हुन् शरीरलाई न्यानो राख्ने ५ मसला !

एजेन्सी – जाडो महिनामा अधिकांश मानिसहरु गर्मि महिनामा जति सक्रिय हुदैनन र हुन् पनि चाहदैनन् । कारण चिसो अर्थात् जाडो हुने भएकोले हो । प्राय; मानिसहरु जाडो महिनामा जति धेरै चिसो बढ्यो त्यति नै धेरै अल्छि हुने गर्दछन् । तर यसो गर्नु स्वास्थ्यको लागि घातक हो । आउनुहोस अब हामी तपाईलाई शरीर न्यानो राख्ने मसलाको बारेमा जानकारी दिन्छौ ।

शरीरलाई न्यानो राख्ने ५ मसला : 

१. जिरा : दाल झान्दा,तरकारी र सुप बनाउदा जिरा हाली पकाएर खान सकिन्छ । जसले गर्दा शरीरलाई भित्रैदेखि तातो राख्ने गर्दछ ।
२. अलैँची : अलैँची खाँदा तरकारी, चिया, अचार आदिमा मिसाएर खान सकिन्छ । यसरी दैनिक अलैँची खाँदा शरीरलाई न्यानो राख्ने काम गर्दछ ।

३. मरिच : जाडो महिनामा तरकरी र सलादमा मरिचको धुलो मिसाएर नियमित खाने गर्दा शरीरलाई न्यानो राख्ने र विभिन्न संक्रमणबाट जोगाउने गर्छ ।

४. दालचिनी : चिया र तरकारीमा दालचिनी हालेर दैनिक खाने गर्दा यसले खानाको स्वाद मात्रै बढाउँदैन,शरीरको तापक्रम  बढाउनुको साथै रक्तसञ्चारलाई सुचारु र नियन्त्रण गर्ने काम पनि गर्दछ ।

५. अदुवा : तरकारी,चिया,चटनी आदिमा अदुवा हालेर खाँदा यसले शरीरको चिसोपन हटाउछ ।

प्रकाशित : मङ्गलबार, बैशाख २६, २०७४१७:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सधैं बिहान बीरेनुपानी पिउदा हुन्छ १३ अत्भुत फाइदा: किनकी यसमा पाईन्छ ८० प्रकारका यस्ता खनिज