एजेन्सी – संसारमै सबैभन्दा लामो समयसम्म बाँचेका भनिएका इन्डोनेसियाका एक वयोवृद्ध पुरुषको निधन भएको छ।
इन्डोनेसियाको मध्य जाभामा जन्मिएका सोदिमेजोले आफु १४६ वर्ष पुगेको बताएका थिए। उनको कागजातको अध्ययन गरेका इन्डोनेसियाली अधिकारीहरुले पनि ती कागजातहरु सही भएको जनाएका थिए तर त्यसको स्वतन्त्ररुपमा पुष्टि भैसकेको छैन।