के तपाईको खुट्टा बाउडिने तथा फर्कने समस्या छ ? यस्ता छन् सामाधानका उपाए!

एजेन्सी – के तपाईलाई खुट्टा फर्कने, बाउडिने तथा झाम्झमने समस्या महिला,पुरुष दुबैमा हुन्छ तर धेरैजसो महिलाहरुमा देखिने खुट्टा फर्कने समस्या गर्भावस्था वा महिनावारीको समयमा सबैभन्दा बढी हुने गर्दछ । सबैभन्दा पहिलो के कारण खुट्टा फर्कने वा दुख्ने हुन्छ पत्ता लगाउन आवश्यक हुन्छ । यदि गर्भावस्थाका कारण हो भने त्यसैअनुसारको उपाय अनाउनु पर्ने हुन्छ । बच्चालाई हो भने खुट्टाको मालिस गर्नुपर्छ । तर, यदि यस्तो समस्या लामो समयसम्म रहिरहन्छ भने चिकित्सक कहाँ पुगिहाल्न आवश्यक छ ।

खुट्टा फर्कने समस्याका कारण धेरै हुन सक्छन्, जस्तै मांसपेशी खुम्चने, मांसपेशीको थकान, धेरै हिड्नाले, तनाव, व्यायाम । यस समस्यालाई कम गर्ने उपाय यस्ता छन् :

१ .क्याल्सियम, पोटासिय र म्याग्नेसियम बढी पाईने खाना खाने:
हड्डि कमजोर भई खुट्टा फर्कने अथवा ऐठान पर्ने समस्या हुन्छ । यदि रातको समयमा खुट्टा फर्कने समस्या छ भने चिकित्सकसँग सल्लाह गरेर भिटामिन–डी, क्याल्सिय, म्याग्नेसियम तथा पोटासियम सप्लिमेन्ट सेवन गर्नुहोस् । यसका लागि तपाईले दैनिक खानको रुटिनमा गेडागुडी, अनार, केरा तथा सुन्तलालाई लिन सक्नुहु्न्छ ।

१. तेलले मालिस गर्ने :
खुट्टा फर्कने वा ऐठान पर्ने समस्याबाट छुटकारा पाउनका लागि तोरी अथाव दौनीको तेलले खुट्टालाई मालिस गर्नुहोस, त्यसपछि कपडाले बेर्नुहोस् । तोरीको तेलमा एसिटीक एसिड हुन्छ, जसले शरीरको कुनै पनि भागमा दुखेको ठाउँमा लगाएर मालिस गरे दुखाई कम हुन्छ ।

३ . मनतातो पानीले नुहाउने:
रातको समयमा खुट्टा फर्कन वा दुख्ने भएमा तपाई मनतातो पानीले नुहाउन सक्नुहुन्छ । अथवा दुखेको ठाउँमा ‘हट प्याड’ पनि राख्न सक्नुहुन्छ । प्रायजसो, यस्तो उपाय साधारण दुखाईबाट राहत पाउन प्रयोग गरिन्छ ।

प्रकाशित : बिहिबार, बैशाख १४, २०७४११:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जान्नुहोस्, के हुन्छ ? यसरी बन्दागोभीको पातलाई छाती र खुट्टामा राख्नाले