२५ वर्षदेखि घाँस खाएर बाँचिरहेका छन् यी ५० वर्षीया मानिस, किन खान थाले घाँस रहस्य झन् दर्दनाक

एजेन्सी – पाकिस्तानको पञ्जाबमा रहेको गुज्रनवाला जिल्लाका ५० वर्षीया मेह्मुद बुत्त विगत २५ वर्षदेखि घाँस खाएर बाँचीरहेका छन्। उनलार्इ यो लत जस्तै भइसकेको छ।

सुरुमा सामान्य छाक पनि टार्न नसक्ने गरिबीका कारण उनले घाँस खान सुरु गरेका थिए। पछि उनका लागि यो लत जस्तै हुन पुगेको उनले बताएका छन्। ‘मेरो परिवार निकै गरिब थियो, हाम्रा लागि कुनै पनि चिज प्राप्त गर्नु त्यति सहज थिएन’ उनी भन्छन ‘सँधै चिन्ता लिएर बाच्नु भन्दा यसरी घाँस खाएर भए पनि बाच्नु पर्यो भनेर सुरु गरेँ।’

उनले घाँस खान सुरु गरेको केही वर्षपछि उनी आफ्ना लागि आधारभुत खाने कुरा जम्मा गर्न सक्ने अवस्थामा त पुगे तर उनलार्इ घाँस खाएर बाच्ने लत लागि सकेको थियो।

प्रकाशित : बुधबार, बैशाख १३, २०७४१४:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एक पटक ध्यान दिएर हेर्नुहोस् यो तस्विर, जसभित्र लुकेको छ एउटा डरलाग्दो शिकारीको कथा…