जन्मकुण्डलीको दोष हटाई भाग्य चम्काउने हुने यस्तो छ चमत्कारिक उपाय, १२ वटै राशीको लागि…

एजेन्सी – राशीअनुसार गुरुको पुजा गरी ग्रहदोषलाई मेटाउन सकिन्छ । यसको  लागि तपाइले बिशेष दिनमा पुजापाठ गर्नुपर्ने हुन्छ ।

मेष राशि: मेष राशिको गुरु मंगल ग्रह हो । मेष राशि भएका व्यक्तिहरुले हरेक मंगलबार शिवलिंगमा रातो फूल चढाउनुपर्ने हुन्छ । यसका साथै मंगलबार नै हनुमानको विशेष पूजापाठ गर्नुपर्ने हुन्छ ।

बृष राशि: बृष राशि भएका व्यक्तिहरुले शुक्र ग्रहको पूजा शुक्रबारको दिन गर्नुपर्छ । शुक्रलाई बृष राशिको गुरु मानिन्छ । शुक्रलाई प्रशन्न गराउनको लागि शिवलिंगमा दुध चढाउनुपर्ने हुन्छ ।

मिथुन राशि: मिथुन राशिको गुरुको रुपमा बुध ग्रहलाई मानिन्छ । बुध ग्रहको लागि बुधबार विशेष पूजा गर्नुपर्ने हुन्छ । बुध ग्रहलाई खुशी पार्नको लागि गाईलाई हरियो घाँस खुवाउनुहोस् ।

कर्कट राशि: कर्कट राशि भएका व्यक्तिहरुले चन्द्रमाको प्रिय दिन सोमबार शिवलिंगमा जल चढाउनुपर्ने हुन्छ । यसै दिनमा चन्द्रमासँग सम्बन्धित बस्तु दुधको दान दिनुहोस् ।

सिंह राशि: सिंह राशि भएका व्यक्तिहरुले सूर्यको पूजा गर्नुपर्ने हुन्छ । सूर्यलाई खुशी पार्नको लागि सबैभन्दा राम्रो उपायको रुपमा तामाको भाँडोमा राखि जल चढाउनुहोस् ।

कन्या राशि: कन्या राशिको देवताको रुपमा बुध ग्रहलाई मानिन्छ । उनलाई प्रशन्न पार्नको लागि हरेक बुधबार भगवान गणेशलाई दूबो चढाउनुहोस् । उनलाई पूजा गर्नाले सबैप्रकारको ग्रहदोष शान्त हुन्छ ।

तूला राशि: तूला राशि भएका व्यक्तिहरुले शुक्र ग्रहको विशेष पूजा गर्नुपर्ने हुन्छ । शुक्रलाई यस राशिको गुरु मानिन्छ । शुक्र ग्रहलाई खुशी पार्नको लागि शुक्रबारको दिन आवश्यक भएको व्यक्तिलाई लुगा दान दिनुहोस् ।

वृश्चिक राशि: वृश्चिक राशिको देवताको रुपमा मंगल ग्रहलाई मानिन्छ । हनुमानलाई खुशी पार्नको लागि मंगलबार सिन्दुर र चमेलीको तेल चढाउनुहोस् । मंगलको प्रिय वस्तु मुुसुरको दाल दान दिनुहोस् ।

धनु राशि: यस राशिको गुरु बृहस्पति हो । हरेक बिहिबार शिवलिंगमा चनाको दाल र बेसनको लड्डु चढाउनुहोस् ।

मकर राशि: यस राशिको गुरु शनि ग्रहलाई मानिन्छ । मकर राशि भएका व्यक्तिहरुले शनिबार तेल र कालो कम्बल दान दिनुहोस्  ।

कुम्भ राशि: कुम्भ राशिको गुरु शनि हो । शनिलाई प्रशन्न गर्नको लागि शनिबार हनुमानको पाठपूजा गर्नुहोस् । र यसै दिन छाता दान दिनुहोस् ।

मीन राशि: मीन राशिको गुरु बृहस्पति हो । त्यसैले गुरुलाई खुशी पार्नको लागि बिहीबार बृहस्पतिको विशेष पुजा गर्नुपर्ने हुन्छ ।

 

प्रकाशित : शुक्रबार, बैशाख ०८, २०७४१७:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

केटिहरुको प्रेम प्रस्तावलाई केटाहरुले अस्विकार गर्नुका ४ अपत्यारिला कारणहरु…