आलु र कागतीको बरफ बनाई ३ दिनमै अनुहारको दाग धब्बा पुरै हटाउने आश्चर्यजनक विधि ( भिडियो )

एजेन्सी – आलु , कागतीको रस र अनारको रस मिसाई बनाईएको बरफको टुक्राको प्रयोग अनुहारको दाग हटाउनको लागि निकै नै राम्रो उपाय हो । कागतीमा प्राकृतिक रुपमा छालालाई गोरो र चम्किलो बनाउने गुण हुन्छ । त्यसैगरी आलुको जुसमा दागलाई हटाउने गुण हुन्छ ।

आवश्यक सामाग्रीहरु

१) १ वटा आलु
२) आधा कचौरा अनारको दाना
३) आधा कागती

विधि

आलुलाई स–सानो टुक्रामा काटि ब्लेन्डरमा हाल्नुहोस् । त्यसमा आधा कचौरा अनारको दाना र १ चम्चा पानीलाई हाली पिस्नुहोस् । त्यसपछि यस मिश्रित रसमा कागतीको रसलाई हाली राम्ररी चलाई आईस क्युब ट्रेमा हाल्नुहोस् । त्यसपछि यसलाई ५ – ६ घण्टा फ्रिजमा राख्नुहोस्  । र यस बरफले अनुहारमा राम्ररी दल्नुहोस् । त्यसपछि चिसो पानीले मुख धुनुहोस् । राम्रो परिणामको लागि तपाईंले दिनमा २ वा ३ टुक्रा बरफको टुक्राको प्रयोग गर्न सक्नुहुन्छ ।

भिडियो हेर्नुहोस >>>

प्रकाशित : बिहिबार, बैशाख ०७, २०७४१४:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पुरुषको तालु छिटो खुइलिनुको कारण यस्तो रैछ ! सबैले जान्नै पर्ने कुरा