यस्ता छन् केटीले प्रेम प्रस्ताव नगर्नुका १० कारण, जुन केटा मान्छेले बुझ्नु आवश्यक !

एजेन्सी – प्रेम गर्नु राम्रो कुरा हो । हामी सबैले आफूले धेरै माया गरेको व्यक्तिबाट त्यति नै माया चाहिरहेको हुन्छ । सबैभन्दा महत्वपूर्ण कुरा हामीले आफूले माया गरेको मानिसलाई प्रेमप्रस्ताव राख्न जरुरी छ । तर प्रोपोज गर्ने कुरामा भने महिला सधैं पछि हुन्छन् । यसो हुनुको कारण निम्न हुन् ।

१) रुची बढि हुनु: अध्ययन र तथ्याङ्क अनुसार पूरुषले भन्दा बढि महिलाले प्रेमप्रस्ताव राखेको मनपराउँछन् । बाहिर घुम्न जान होस् वा केही कुराको लागि पनि महिलाले आफूलाई प्रस्ताव राखोस् भन्ने चाहन्छन् । आग्रहको लागि पूरुषको तुलनामा महिलाकै बढि रुची हुन्छ ।

२) साँस्कृतिक सम्बन्ध: प्राचिन कालदेखि हरेक कुरामा पूरुषले नै महिलालाई प्रस्ताव राख्दै आएको पाईन्छ । त्यसैगरी प्रश्न पनि पूरुषले महिलालाई गर्ने गर्छन् । समाजमा पनि हरेक कुरामा पूरुषलाई नै प्राथमिकता दिने चलन छ । यसै कारणले गर्दा पनि महिलाहरुले पूरुषलाई प्रेमप्रस्ताव राख्दैनन् ।

३) अपमानजनक व्यवहार: यदि महिलाले आफ्नो पार्ईला सबैभन्दा पहिला अगाडि बढाइन् भने पूरुषले अपमानजनक व्यवहार गर्न सक्ने सम्भावना हुन्छ । र समाजले पनि नराम्रो सोच्ने डरले महिलाहरुले प्रोपोज गदैनन् ।

४) राम्रो नमान्नु: धेरैजसोले महिलाले प्रेमप्रस्ताव राख्नु नराम्रो कुरा हो भन्ने सोच्छन् । तर पूरुषले महिलालाई प्रोपोज गरेको भने राम्रो र रोमान्टिक मान्छन् ।

५) सीमाभित्र बाँधिनु: यदि महिलाले पूरुषलाई प्रोपोज गरेमा समाजले पनि महिलाको छिट्टै नै मूल्याङ्कन गर्ने हुन्छ । समाजको सीमाभित्र बाँधिएको हुनाले पनि महिलाले पूरुषलाई प्रेमप्रस्ताव राख्दैनन् ।

६) अस्विकार गर्ने डर: पूरुषले अस्विकार गर्छन् कि भन्ने डरले पनि महिलाले प्रोपोज गर्दैनन् । महिलाले आफूलाई अस्विकार गरेको सुन्न नचाहने हुनाले पनि प्रोपोज गर्दैनन् ।

७) सहि व्यक्तिको प्रतिक्षा गर्नु: महिलाले सधैं सहि व्यक्तिको प्रतिक्षा गर्छ । जीवनमा एक दिन सहि व्यक्ति आउने विश्वासले गर्दा पनि महिलाले पूरुषलाई प्रेमप्रस्ताव नराखेको हो ।

८) औंलाले इशारा गर्नु: झगडा भएको समयमा पूरुषले आफूले प्रेमप्रस्ताव राखेको नै गल्ति थियो भन्ने कुराको दोष महिलालाई लगाउने गर्छन् । यसै काणले गर्दा पनि महिलाले पूरुषलाई प्रेमप्रस्ताव राख्दैनन् ।

९) आफू विशेष भएको महशुस गर्न चाहनु: महिलाहरु सधैं आफू विशेष भएको महशुश गर्न चाहन्छन् । आफूलाई मनपर्ने व्यक्तिले प्रेमप्रस्ताव राखोस् भन्ने हरेक महिलाको चाहना हुन्छ । र यसले महिलालाई आफू विशेष भएको पनि महशुश हुने गर्छ ।

१०) दुविधा: महिलाहरु आफूलाई मनपरेको मानिसको लागि सहि छैन भन्ने कुराको सोच राख्छन् भन्ने भनाई छ । प्रेमप्रस्तावलाई  स्विकार वा अस्विकार गर्ने कुरामा महिलाहरु सधैं दुविधामा हुन्छन् । यसै कारणले गर्दा पनि प्रेमप्रस्ताव राख्दैनन् ।

प्रकाशित : बुधबार, चैत ३०, २०७३१२:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पत्याउनु हुन्छ, मात्र २ फिट ४ इन्चकी दुनियाँकै सबैभन्दा होची यी आमा जन्माइन् ३ बच्चा