२० दिनमै पेट घटाउने प्राकृतिक सरल घरेलु उपाय (बिधि सहित)

एजेन्सी – आजभोली मोटोपनको समस्या बढ्दै गइरहेको छ । प्रायजसो हामी धेरै समय बसेरै बिताउने गर्छौं । यसले गर्दा पनि हाम्रो मोटोपन बढ्ने हुन्छ । यसका साथै पेटको बोसो बढ्ने समस्या पनि बृद्धि हुदैं गइरहेको छ । यसबाट अन्य रोगहरुलाई  निम्त्याउन सक्ने पनि सम्भावना रहन्छ ।

 

धेरै मानिसहरु पेट घटाउनको लागि कसरत गर्ने गर्छन् । तर सोचेजस्तो लाभ यसबाट मिल्न सक्दैन । मानिसहरु आहारको त्याग गर्ने पनि गर्छन् । यसबाट अरु विभिन्न किसीमका समस्याहरु देखिन थाल्छन् । आज हामी तपाईंलाई निकै नै सजिलो प्राकृतिक उपायको बारेमा जानकारी दिन्छौं । जस्लाई बनाउनको लागि मात्र तपाईंलाई ४ सामाग्री र थोरै समयको आवश्यकता पर्छ ।

आवश्यक सामाग्री

१) अदुवा ( सानो टुक्रा )
२) कागती ( १ वटा )
३)  पानी ( १ गिलास )
४) पालुङ्गो

बनाउने विधि र प्रयोग

सबैभन्दा पहिला अदुवा र पालुङ्गोलाइ राम्ररी पखाली स-सानो टुक्रामा काट्नुहोस । त्यसपछि माथिका सबै सामाग्रीहरुलाई ब्लेन्डरमा हालेर पिस्नुहोस् । र  यसलाई बिहान खाली पेटमा पिउनुहोस् ।  छिट्टै परिणाम पाउनको लागि तपाईंले हरेक दिन यसको सेवन गर्नुपर्ने हुन्छ ।

प्रकाशित : शनिबार, चैत २६, २०७३१६:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१ मिनेटमै यसरी हुनुस् गोरो र चम्किलो आफ्नै घरमा पाईने टमाटरबाटै ( विधि सहित)