यी हुन् दुनायाँकै सबै भन्दा महँगा ६ हिराहरु…

एजेन्सी – हङगकङगमा एक दुर्लभ प्रकारको गुलाबी हिराको लिलामी ७.१ करोड डलरमा भएको छ । हिराको बिक्रिमा यो एक नयाँ विश्व रेकर्ड पनि हो ।

यी हुन् संसारकै सबैभन्दा महँगा ६ हिराहरु…

१. पिंक स्टार अण्डाको आकार भएको नामक यो हिरा ५९.६ क्यारेटको हो । सन् २०१३ मा यो बिक्रिका लागि आएको थियो, तर ग्राहकले मुल्य चुकाउँन अस्विकार गरेका थिए ।                                 

२. ओपनहाइमर ब्लू – सन् २०१६ को मेमा ‘ओपनहाइमर ब्लू’ हिरा ५.०६ करोड डलरमा बिक्रि भएको थियो । यो १४.६२ क्यारेटको यस हिरा जेनेभाका क्रिस्टी ओक्सन हाउसले फोनको माध्यमबाट भएको लिलामीमा बेचेका थिए । यद्यपी, हिरालाई कसले किनेका थिए जानकारी छैन ।                                                   

३. ब्लू मून – सन् २०१५ नोभेम्बरमा एक औँठीमा लगाइएको १२.०३ क्यारेटको ‘ब्लू मून’ हिराको लिलामी भएको थियो । हंगकंगका व्यवसायी जोसफ लूले यसका लागि ४.८४ करोड डलर दिएका थिए । उनले आफ्नो ७ बर्षीय छोरीका लागि यो हिरा किनेका थिए र आफ्नो छोरीको नाममा यसको नाम ‘बू मून अफ जोसेफाइन’ राखे ।                                 

४. सनराइज रुबि – गाढा रातो रंगको यस २५.५९ क्यारेटको ‘सनराइज रुबि’ जुहारतलाई एक व्यक्तिले ३ करोड डलरमा किनेका थिए ।                                                                               

५. नारंगी हिरा – सन् २०१३ नोभेम्बरमा क्रिस्टी ओक्सन हाउसले ‘विश्वको सबैभन्दा ठूलो नारंगी हिरा’को लिलामी गरेको थियो । त्यस समय यो हिरा प्रति क्यारेट सबैभन्दा बढी मुल्यमा बिक्रि भएको थियो । यो हिरा १५.६ करोड प्रति क्यारेटको मुल्यमा बिक्रि भएको थियो ।                                                            

६. ग्राफ पिंक – २७.७८ क्यारेटको ‘चमकदार गुलाबी रंग’को यस हिरालाई अहिलेसम्म पाइएको केही सबैभन्दा ठूलो हिराहरुमा गनिन्छ । यसको लिलामी ४.६२ करोड डलरमा भएको थियो ।सन् २०१० नोभेम्बरमा लिलामीका लागि निकालिएको यो हिरो त्यस समयको सबैभन्दा महंगो मुल्यमा बिक्रि भएको मान्छि । यसलाई चर्चित ब्रिटेन डीलर लोरेन्स ग्राफले किनेका थिए । बिबिसी हिन्दीको सहयोगमा 

प्रकाशित : बिहिबार, चैत २४, २०७३१२:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कण्डमबाट यसरी बनाइन्छ वाईन (रक्सी) (तस्बिर सहित), सुन्दा पनि आश्चर्य लाग्छ !