यी हुन् विश्वका ५ शहर, जहाँ कपडा लगाउन मनाही छ।

नमुना तस्बिर / डेमो तस्बिर
नमुना तस्बिर / डेमो तस्बिर

एजेन्सी – कल्पना गर्नुस्, यदि तपाई जुत्ता नलगाई सडकमा हिड्नुभयो भने मानिसले घुरेर हेर्न थाल्छन् तपाईलाई… कतिले त पगाल नै पनि भन्न बेर लगाउदैनन् । तर यहाँ तपाइँलाई संसारका यस्ता ठाउँ जहाँ कपडा निरवस्त्र भएर हिडिन्छ।

 यदि हजुरले यी ठाउँहरु घुने योजना बनाउनु भएको छ भने हजुरले कपडा लिएर जान कुनै आवस्यकता छैन किनकी, त्यहाँ कुनै कपडाको काम नै छैन। यो पढिसकेपछि हामीले भारतीय चलचित्र ‘पिके’ यहिँबाट प्रभावित भएर बनाईएको हुनसक्छ जस्तो लग्यो ।

कपडा लगाउन मनाही भएका ठाउँहरु…

१. हट स्प्रिङ्ग वाथिङ्ग, टोकियो, जापान (Hot Springs Bathing in Toyko, Japan)                                                 

जापानको राजधानी टोकियो जहाँ ‘ओन्सेन’ (जापनिज भाषामा हट स्प्रिङ्ग) रहेको छ। यहाँ परम्परा देखि नै महिला र पुरुषले सँगै नुहाउने गर्छन ।

२. सिटि क्याप डी अग्ड़े, फ्रान्स (City Cap d’Agde, France)                                                                      

फ्रान्स अति आधुनिक जीवनशैलीका लागि संसार भर चर्चित रहेको छ। सिटि क्याप डी अग्ड़ेमा मन लागे कपडा लगाउन र मन नलागे नलगाउन पाईने कानुनी बैध व्यवस्था नै रहेको छ ।

                                                                                                                                          ३. आर्ट फेस्टिवल, पोर्ट्स्च्याच एम वोर्थएर्सी, अस्ट्रिया (Art Festival in Portschach am Worthersee, Austria)

अस्ट्रियाको एउटा पर्वमा बिश्वभरका मोडल र इच्छा लागेका मानिसले आफ्नो निर्वस्त्र शरीरमा पेन्टिंग गर्ने गर्दछन् । उक्त आर्ट फेस्टिवलको बेला अस्ट्रियाको पोर्ट्स्च्याच एम वोर्थएर्सी सहर नै रङमय हुने गर्दछ। उक्त मेलामा थुप्रै देशका मानिसहरु मेलाको रमाईलो हेर्न पुग्ने गर्छन।

४. स्पा ट्रिटमेन्ट्स, आयना रिसोर्ट बली, इन्डोनेसिया (Spa Treatments in Ayana Resort Bali, Indonesia)

इन्डोनेसियाको बली टापु अर्थात् आइजल्याण्ड विदेशी जीवन शैली र रात्री जीवन (रातको समयमा हुने बिपरित लिंगीको मिलन) को लागि प्रख्यात रहेको छ । तपाईले बिशेष खालको मसाज र थेरापिज् को मज्जा लिंदै आन्नद प्राप्त गर्न सक्नुहुन्छ।
५. सिटि पार्क, मुनिच, जर्मनी (City Park in Munich, Germany)                                             युरोपको एउटा ठूलो सिटी पार्क (लगभग ४ स्क्वायर किमि) जहाँ मानिसहरु खुल्ला कपडा नलगाईकाँ जाने र घाम तापेर  आनन्द लिने गर्छन। यो १९६० देखि चली आएको चलन हो।

                                                                                                                                         यदि तपाई यी स्थानहरुको भ्रमण गर्ने योजनामा हुनु हुन्छ भने आस्चर्यमा पर्न तयार हुनुस् । सके सम्म आफ्नो जोडी संग जानु उचित होला । अन्यसंग जाँदा तपाइँलाई समस्या पनि पर्न सक्छ, हैन त !

प्रकाशित : मङ्गलबार, चैत २२, २०७३१३:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी हुन् दुनायाँकै सबै भन्दा महँगा ६ हिराहरु…