विमानभित्रै हेडफोनको ब्याट्रि पड्किएपछि युवतीको जल्यो अनुहार

एजेन्सी – अष्ट्रेलियन विमानभित्र गीत सुनिरहेको अवस्थामा हेडफोन पड्किएर एक युवतीको हात र अनुहार जलेको छ । यो विमान बेइजिङबाट मेलबर्नका लागि उडान गरिएको थियो ।

रातिको समयमा युवती गीत सुनिरहेकी थिइन् । अचानक हेडफोनको ब्याट्रि पड्कियो । यसबाट उनको हात र अनुहार जल्यो । त्यसपछि उनले हतारमा हेडफोनलाई फ्याँकिन् । यसै समयमा एक फ्लाइट अटेन्डेन्ट आई उनको हेडफोनमा पानी फ्याँकिन् ।

युवतीको भनाई अनुसार ब्याट्रि पड्किएपछि उनलाई जलनको महशुस भयो । जस्ले गर्दा उनले हतारमा त्यस हेडफोनलाई कार्पेटमा फ्याँकिन् ।

प्रकाशित : बिहिबार, चैत ०३, २०७३१५:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

८ वर्षकी बालिकाको मासिक कमाई १ लाख २८ हजार डलर