८ वर्षकी बालिकाको मासिक कमाई १ लाख २८ हजार डलर

ऐजेन्सी – अहिलेको समयमा मानिसलाई पैसा कमाउन निकै गाह्रो छ । दिनरात काम गर्दा पनि भनेजस्तो पैसा कमाउन सकिदैंन । तर अमेरिकाको ८ वर्षीया बालिकाले मासिक १ लाख २८ हजार डलर कमाउँछिन् भन्ने सुन्दा सबैजना आश्चर्यचकितमा पर्न सक्छन् ।

आठ वर्षकी चार्ली नाम गरेकी एक बालिकाले युट्युबमार्फत पैसा कमाउँछिन् । एन एज साइटले युट्युबबाट सर्वाधिक कमाई गर्ने युट्युब स्टार्सको सुचि बनाएको थियो । यसलाई ‘ ब्युटि एण्ड स्टाइल ‘ र ‘ फुड एण्ड कुकिंग ‘ गरी २ भागमा बाँडिएको थियो ।

यसमध्येमा फुड एण्ड कुकिंगमा चार्लीले सञ्चालन गरेको ‘ चार्ली क्राफ्टी किचन ‘ सर्बाधिक कमाई गर्ने च्यानल बनेको छ । यस च्यानलमार्फत चार्लीले बेकिंग टिप्स दिने गर्छिन् । यसलाई २ करोड भन्दा बढि मानिसहरुले हेर्ने गर्छन् । यस च्यानलको शुरुवाट उनले सन् २०१२ देखि गरेकी हुन् ।

प्रकाशित : बिहिबार, चैत १०, २०७३१५:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

देख्दा छाडा लाग्ने यो तस्बिरको रहस्य जानेपछी तपाईले आफ्नो आँखाबाट आँसु रोक्न सक्नु हुने छैन