२८ वर्षे युवकको ८२ वर्षीया बेहुलीसँग विवाह निकै रोचक प्रेम

एजेन्सी – प्रेम अन्धो हुन्छ भन्ने भनाई छ । यसैकारणले गर्दा प्रेममा परिसकेपछि मानिसले उमेर , रुपरंग आदिलाई मतलब गर्दैनन् । इन्डोनेसियामा यस्तै भएको छ । एकजना २८ वर्षे युवकले ८२ वर्षीया महिलासंग विवाह गरेको छ ।

सोफयां नाम गरेको २८ वर्षीय युवकलाई गलत नम्बरबाट फोन आएको थियो । त्यस युवकले कुरा गर्ने बितिक्कै उसलाई त्यस महिलाको आवाज एकदम मनपर्यो । र उसले नम्बरलाई फोनमा सेभ गर्यो । फोन गर्ने महिलाको नाम मार्था पोटू हो । उनी ८२ वर्षीय एक विधवा महिला हुन् ।

सोफयांले दोस्रोपटक फोन गरि कुरा गर्यो । यसबाट दुबैजनाको कुराकानी भयो । त्यसपछि दिनानुदिन यीनीहरु एकअर्कासँग कुरा गर्न थाले । तर त्यस युवकलाई थाहा थिएन की मधुर आवाज भएकी महिला आफ्नो उमेरको नभई हजुरआमाको उमेरकी हुन् ।

धेरै दिनसम्म कुराकानी गरेपछि दुबैले एकअर्कालाई मनपराउन थाले । त्यसपछि दुबैले एकअर्कासँग भेट्ने निर्णय गरे । सोफयांले मार्थाको घरको ठेगाना लिई भेट्न गए । यसपछि जब सोफयांले मार्थालाई भेटे । त्यतिबेला उनी निकै आश्चर्यचकित भए ।

उनलाई विश्वास लागिरहेको थिएन कि उनले यति दिनसम्म कुरा गरेकी महिला एक बृद्ध हुन् । तर सोफयांले मार्थालाई साँचो प्रेम गरेको भएर उनले कुनै संकोच बिना नै विवाहको लागि प्रस्ताव राखे । मार्था पनि सोफयांलाई प्रेम गर्थिन् । यसैकारणले गर्दा उनले यस प्रस्तावलाई स्विकारिन । त्यसपछि दुबैले एकअर्कासँग विवाह गरे ।

प्रकाशित : बिहिबार, चैत ०३, २०७३१४:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विमानभित्रै हेडफोनको ब्याट्रि पड्किएपछि युवतीको जल्यो अनुहार