३७ वर्षदेखी एकै रंग र ढाँचाको पहिरन लगाउने एक दम्पती

एजेन्सी – सुखी दाम्पत्य जीवनको लागि श्रीमान श्रीमतीको मन मिल्न जरुरी छ । जापानको एक दम्पति मन मिल्ने सवालमा संसारकै एक उदाहरणीय दम्पति बनेको छ । बिहे पछि यी दम्पतिले एकैखालको पहिरन लगाउँदै आएका छन् । बिहे भएको ३७ वर्ष भईसकेको छ ।

अचम्मको कुरा के छ भने, बिहेपछि यी जोडिले कहिल्यै पनि फरक रंग र ढाँचाका पहिरन लगाएका छैनन् । सधैं नयाँ नयाँ फेशनका लुगाका साथ चिटिक्क पर्ने एकैखालका लुगा लगाउने हुनाले यी जोडि अहिले आर्कषणका केन्द्र बनेका छन् ।

यो दम्पतिको तस्वीर अहिले इन्स्टाग्राममा पनि अपलोड भईसकेको छ । इन्स्टाग्राममा उनीहरुका ७५ हजार भन्दा बढि फोलोअर्स छन् । यीनीहरुको जोडि सँगै बसेको फोटो निकै आर्कषक देखिन्छ । यसै कारणले गर्दा धेरै मानिसहरुले यसलाई मनपराएका छन् ।

प्रकाशित : मङ्गलबार, चैत ०१, २०७३१३:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कस्तो अचम्म ! ९८ वर्षको उमेरमा पनि सजिलै योगा गर्छिन यी आमा (भिडियो सहित)