यौन सम्बन्ध नराखेको भन्दै रिसको झोकमा एकजना महिलाले काटिदिइन् आफ्नै श्रीमानको लिङ्ग

एजेन्सी – भारतमा एकजना महिलाले बिहे गरेको १० वर्ष बितिसक्दा पनि गर्भवती हुन नसक्दा रिसको झोकमा आफ्नै श्रीमानको लिङ्ग काटिदिएकी छिन् । उक्त महिलाको नाम रीता हो र उनी २८ वर्षकी भइन् ।

एकदिन रीता र उनको श्रीमान बीच बच्चा पाउन नसकेको कुरालाई लिएर ठूलै झगडा भयो । बच्चा नहुनुमा लोग्नेको पुरै दोष रहेको रीताको ठम्याई थियो । झगडाको क्रममा रीताको रिस झनझन बढ्दै गयो । त्यसपछि उनले चक्कु ल्याई श्रीमानको लिङ्ग नै काटिदिइन् । पत्नीले यौनांग काटिदिएपछि उनका श्रीमान गुहार माग्दै रोइकराई गरेका थिए । त्यसपछि छिमेकी आएर उद्धार गरे र नजिकैको अस्पतालमा लगे ।

यस घटनापछि रीतालाई प्रहरीले पक्राउ गरेको छ ।  श्रीमानले समय दिने नगरेको , धेरै झगडा गर्ने गरेको र विवाहको केही समय देखि नै यौन सम्बन्ध नराखेको आरोप रिताको छ । लोग्नेले आफूसँग सहवास नगरेकै कारणले गर्दा बच्चा नरहेको हुनाले आफू दिक्क भई श्रीमानको लिङ्ग काटिदिएको बयान उनले प्रहरीलाई दिएकी छिन् । पुलिसले रीताको कानुनी कारबाहिलाई अगाडि बढाएको छ ।

 

प्रकाशित : सोमबार, फागुन ३०, २०७३१४:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

महिलाको पेटबाट निकालियो यस्तो अपत्यारिलो चिज डाक्टर पनि भए आश्चर्यचकित