५१ हजार सर्प समातेकी यी हुन एक साहसी महिला

एजेन्सी – मानिसहरु विषालु सर्पलाई देख्नासाथ डराएर भाग्ने गर्छन् । कोही कोही त सर्पको नामले पनि त्रसिने गर्छन् । तर एकजना महिलाले ५१ हजार सर्पलाई खाली हातले समातेको सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ ।

भारतको महाराष्ट्रस्थित बुलढाणाकी वनिता बोरहाडेले सर्पलाई आफ्नो मित्रको रुपमा व्यवहार गर्छिन् । बच्चैदेखि सर्पलाई समाउने काम उनले गर्दै आइरहेकी छिन् ।

खतरनाक भन्दा खतरनाक विषालु सर्पलाई पनि उनी केही मिनेटमै पक्रिन सक्छिन् । उनका अनुसार सर्प सबैभन्दा राम्रो साथी हो । सर्पले आफूलाई हानी नगरेसम्म अरुलाई टोक्दैन भन्ने उनको भनाई छ ।

प्रकाशित : शुक्रबार, फागुन २७, २०७३१३:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यौन सम्बन्ध नराखेको भन्दै रिसको झोकमा एकजना महिलाले काटिदिइन् आफ्नै श्रीमानको लिङ्ग