प्रेमीले साँचो माया गर्छ वा गर्दैन भन्ने कुरा सजिलै थाहा पाउने उपाय

एजेन्सी – साँचो माया गर्ने प्रेमीले तपाईंको जीवनमा दुख आउन दिदैंन । र यस्ता व्यक्तिसँग तपाई सुखमय जीवन बिताउन सक्नुहुन्छ । तर यदि तपाईंलाई तपाईंको प्रेमीप्रति शंका छ भने उसले गरेको ब्यवहारबाट सजिलै उसको चरित्रलाई तपाईंले बुझ्न सक्नुहुन्छ । तपाईंको प्रेमीको माया साँचो हो वा होइन भन्ने कुरा निम्न ५ लक्षणबाट सजिलै छुट्याउन सकिन्छ ।

१) हरेक समय ख्याल राख्नु
सुख र दुख दुबै अवस्थामा तपाईंको प्रेमीले साथ दिन्छ । तपाईंको सुखमा सधैं खुशी हुन्छ । र सधैं तपाईंलाई खुशी राख्न चाहन्छ भने सम्झिनुहोस् तपाईंको प्रेमीले तपाईंलाई साँचो माया गर्छ ।

२) सबैलाई राम्रो व्यवहार गर्नु
यदि तपाईंको श्रीमान वा प्रेमीले तपाईंको परिवार , साथीहरु सबैलाई राम्रो व्यवहार गर्छ । र तपाईंको आँखामा सधैं राम्रो बन्न चाहन्छ , भने पक्कै पनि उसले तपाईंलाई चोखो माया गर्छ ।

३) समय बिताउनु
हरेक समय तपाईंसँग बिताउन चाहन्छ । तपाईं उसको जीवनमा धेरैे महत्वपूर्ण व्यक्ति हो । तपाईंलाई हरेक समय उसले याद गर्छ र केही न केही समय तपाईंको लागि भनेर छुट्याउँछ भने , यस्ता व्यक्तिलाई कहिल्यै पनि आफ्नो जीवनबाट टाढा जान नदिनुहोस् ।

४) अरुसामु परिचित गराउनु
अरुको अगाडि तपाईंलाई आफ्नो भन्नुमा डराउँदैन । र सबैको अगाडि तपाईंलाई परिचित गराउँछ भने उसले तपाईंलाई चोखो माया गर्छ ।

५) इमान्दार
ईमान्दारितापूर्वक आफ्नो गोप्य कुराहरु तपाई सामु खोल्छ । तपाईंको भावनामाथि खेल्दैन । सधैं तपाईंलाई खुशी बनाउनको लागि प्रयास गरिरहन्छ भने, यस्ता व्यक्तिले गरेको माया साँचो हुन्छ । त्यसैले यस्ता व्यक्तिलाई सकेसम्म आफ्नो जीवनबाट टाढा जान नदिनुहोस् ।

प्रकाशित : बिहिबार, फागुन २६, २०७३१३:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोक नलाग्ने समस्याबाट ग्रसित हुनुहुन्छ भने यसो गर्नुस् तुरुन्तै निको हुन्छ