बाख्रासँग गरिने आश्चर्यजनक योगा लोकप्रिय बन्दै

एजेन्सी – पौष्टिक आहार तथा स्वस्थ जिवनशैली हाम्रो स्वास्थ्यको लागि निकै महत्वपूर्ण छ । मानिसहरु स्वस्थ रहनको लागि विभिन्न किसीमका व्यायाम तथा योगाहरु गर्ने गर्छन् । अहिले त झन मानिसहरु योगा गर्नको लागि जनावरहरुको सहारा लिन्छन् भन्ने कुरा सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ ।

अमेरिकाको ओरेगनमा मानिसहरु बाख्रासँग योगा गर्न थालेका छन् । जस्लाई मानिसहरुले ‘गोट योगा’ वा ‘बाख्रा योगा’ भन्छन् । यो योगा त्यहाँको मानिसहरुको लागि निकै लोकप्रिय बन्दै गएको छ ।

बाख्रा योगा गर्ने तरिका निकै नै अचम्म लाग्दो छ । योगा गरिरहेको मानिसहरुको बीचमा बाख्राहरु घुमिरहेका हुन्छन् । र यस समयमा बाख्राहरु योग गरिरहेका मानिसहरुको शरीरमाथि पनि चढ्ने गर्छन् । यसै कारणले गर्दा विभिन्न ठाउँबाट मानिसहरु यस योगलाई हेर्नको लागि भएपनि आउने गर्छन ।

बाख्रा योगाका प्रशिक्षक लेनी मोर्स हुन् । उनका भनाईअनुसार बाख्रा योगामा धेरै मानिसको रुची बढ्दै गएको छ । यसले मानिसलाई आनन्द प्रदान गर्ने हुँदा बाख्रा योगा गरिसकेपछि धेरै मानिसहरु खुशी भएर जाने गरेको उनले बताएका छन् ।

प्रकाशित : सोमबार, फागुन २३, २०७३१३:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चारजना युवतीले गरे एक शिक्षकको सामुहिक बलात्कार