६९ औं बच्चा जन्माए लगत्तै ४० वर्षको उमेरमा मृत्यु हुने एक महिला

एजेन्सी – ९ महिना कोखमा राखी बच्चा जन्माउँदा महिलालाई धेरै नै पिडाको महशुश हुने गर्छ । त्यसैले बच्चा जन्माउनु महिलाको लागि  सजिलो काम पक्कै पनि होइन । तर एउटा महिलाले ६९ वटा बच्चा जन्माएका कुरा सुन्दा हामी सबैलाई अचम्म लाग्छ ।

प्यालेस्टाइनमा ६९ औं बच्चा जन्माए लगत्तै एउटा महिलाको मृत्यु भएको छ। उक्त महिलाको उमेर ४० वर्ष थियो । उनको मृत्युको खबर ती महिलाका श्रीमान गाजा अल इनले दिएका छन् ।

उनी संसारकी सबैभन्दा धेरै प्रजनन क्षमता भएकी महिला हुन् । तर उनको नाम गिनिज बुकमा भने छैन । उनले ६९ बच्चा जन्माएको दाबी गरिएको भएपनि आधिकारिक पुष्टि हुन बाँकी नै छ ।

विश्वमा अहिलेसम्म धेरै बच्चा जन्माउने महिलाको रुपमा रुसकी भ्यासिलेभाको नाम गिनीज बुकमा छ । उनले पनि ६९ वटा बच्चा जन्माएकी छिन् ।

प्रकाशित : आइतबार, फागुन २२, २०७३१५:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बाख्रासँग गरिने आश्चर्यजनक योगा लोकप्रिय बन्दै