५५ फिट लामो कपाल भएकी एक महिला जसले गरिन संसारकै सबैभन्दा लामो कपाल भएको दाबि

महिलाहरुको सौन्दर्यतालाई कपालले झल्काउँछ । सबै महिलाहरु आफ्नो कपाललाई सुन्दर तथा आर्कषक बनाउन चाहन्छन् । लामो तथा बाक्लो कपाल बनाउनको लागि महिलाहरु धेरै मेहेनत गर्छन् । आज हामी तपाईंलाई एकदमै लामो कपाल भएकी महिलाको बारेमा जानकारी दिन्छौं । उनको कपाललाई देखेर सबैजना आश्चर्यचकित भएका छन् ।

अमेरिकाको फ्लोरिडामा बसोबास गर्ने आशा मण्डेलाको कपाल ५५ फिट लामो छ । उनको कपालको तौल २० किलो छ । उनलाई नुहाउनको लागि एक पटकमा ६ बोतल स्याम्पु आवश्यक पर्छ । त्यसैगरी कपाललाई सुकाउन मात्रै उनलाई दुई दिन लाग्छ । तर काम झन्झटिलो भएपनि कपालकै कारणले गर्दा उनले विश्व किर्तिमान पाउन सफल भएकी छिन् ।

संसारकै लामो कपाल भएकी महिलाको रुपमा उनले गिनिज बुकमा आफ्नो नाम लेखाएकी छिन् । यसका साथै कपालकै कारणले गर्दा उनले हेयर प्रडक्ट्स तथा एसेसरिजको विज्ञापनमा अभिनय गर्ने अफर पाएकी छिन् । जस्बाट उनको राम्रो कमाई भएको छ ।

प्रकाशित : बुधबार, फागुन १८, २०७३१४:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी हुन् असाध्यै सुन्दरी युवती, तर के गर्नु बढि राम्री भएरै जागिर भयो चट्