यी हुन् असाध्यै सुन्दरी युवती, तर के गर्नु बढि राम्री भएरै जागिर भयो चट्

एजेन्सी – हरेक महिला सुन्दर बन्न चाहन्छिन् । सुन्दरता महिलाहरुको लागि गहना सरह हुन्छ । तर एक युवतीको लागि आफ्नो सौन्दर्यता ठूलो समस्या बनेको छ । बढि सुन्दर भएकै कारणले गर्दा यीनले आफ्नो जागिर गुमाएकी छिन् ।

बेलायतको लण्डनस्थित एक टेलिभिजनमा काम गर्ने एक युवती असाध्यै सुन्दर छिन । उनको नाम एमा हल्से हो । र उनी भर्खर २४ वर्षकी भईन् । उनले प्रोडक्सन फर्म युनिट टिभीमा फ्रिलान्स रनरको जागिर पाएकी थिइन् । तर काम शुरु गरेको ५ मिनेटमै धेरै राम्री भएकी कारणले गर्दा उनलाई जागिरबाट बर्खास्त गरियो । त्यस टेलिभिजन कम्पनीले दिएको जागिर उनलाई नसुहाएको कुरा बताएको छ ।

म्यानेजरले उनलाई जागिरबाट निकाल्दै मोडलिंग गर्न सल्लाह दिएका छन् । तर सुन्दरताकै कारणले गर्दा पाएको जागिर गुमाउनु पर्दा एमा निकै निराश भएकी छिन् । आफूले आपत्तिजनक कपडा पनि नलगाएको र सुन्दर हुनु उनको गल्ति नभएकोले विनाकारण आफूलाई जागिरबाट निकालिएको उनको गुनासो छ ।

प्रकाशित : बिहिबार, फागुन १९, २०७३१५:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कस्तो अचम्म ! जिउँदो सर्पको रगत पिउने र मासु खाने गर्छन् यहाँका मानिसहरु