शनिबार साहित्य : खै के लेखुम ?

[sharethis-inline-buttons]
Leaderboard Banner
fountain pen on paper, macro

खै के लेखुम 

– रमेश पाण्डेय

कहाँ बाट सुरू गरौ ? के लेखुम ? के लेखुम ?
कस्का बारेमा लेखुम ? केका बारेमा लेखुम ?
राम्रा कुरा लेखुम की नराम्रा कुरा लेखुम ?
राम्रा कुराको भाउनै छैन,
नराम्रा कुरा लेखेर पंतिकार लाई चर्चा पाउनु छैन।
सुरू गरी हाले लेख्न त लेख्नु नै पर्यो,
तर के लेखुम के लेखुम अन्योल नै भयो।

सांसद मंन्त्री प्रधानमन्त्री यि त ठुला मान्छे
न यिनलाई कानुन लाग्छ,
न कहिले महंगीले नै छुन्छ,
बाहन चिल्लो गाडी,
काम बकमफुसे भाषण,
खाना पाँचतारे होटल,
साधारण बेडमा त यि निदाउनै सक्दैनन ?
आरामका लागी त रक्त चन्दन नै चाहिन्छ,
सम्पतिमा यिनको तिनतोला सुन,
जग्गा जमिन हुन्न यिनि सुकुम्बासी हुन,
दाईजो लिनहुन्न भन्ने कानुन यि बनाउछन,
सम्पति धेरै देखिए,
यो त सबै दाईजो भन्दै स्वास्नी देखाउछन,
भो यि लबस्तराहरूको बारेमा के लेखुम
यिनका बारेमा लेख्न थाल्दा
किबोर्डको कि प्याड मेटिएला
कलमको मसी सकीएला
तर अह यिनका बारेमा लेखेर सकिन्न
भो छाडीदिम यिनका बारेमा नलेखुम
तर के लेखुम कस्का बारेमा लेखुम ?
राम्रा कुरा लेखुमकी नराम्रा कुरा लेखुम ?

कर्मचारी मियो बिनाको दाई भा’छन,
जनता लाई सेवा दिन भनी अड्डा गा’छन,
जनताको करबाट तलब खाएपनी,
घुस र सरकारी जागीर पर्याय बाची भा’छ,
कारबाही कस्ले कस्लाई गर्ने ?
कान्छि औलो देखी बुढि औला एकजुट भा’छन।
“घुस” छि नामै कस्तो घिनलाग्दो,
बरू यस्लाई बदलेर सेवा सुल्क राखौ,
लिन पनि सजिलो दिन पनि सजिलो,
पक्डाउ खाईहाले स्वास्नि छोरछोरी लाई पनि सजिलो,
कसैले यो त घुस्याहा कि स्वास्नी भनेर औला न उठाउला,
सन्तानले मुख छोपेर हिड्न पनि नपर्ला,
कुनैदिन पक्कै पनि आन्दोलन हुनेछ,
घुस शब्द बदलेर सेवा शुल्क बन्ने छ,
भो छाडौ यो पनि नलेखौ,
तर के लेखुम कस्का बारेमा लेखुम ?
राम्रा कुरा लेखुम की नराम्रा कुरा लेखुम ?

समाचारका हेडलाईन हेर्यो,
फलानी नायिकाले खैकुन स्टेजमा,
नाच्दा नाच्दै कट्टु खोलि रे,
यस्ले सेयर गर्यो उस्ले सेयर गर्यो,
रातारात चर्चा बटुल्यो,
कति ठुलो दाता बन्यो त्यो कट्टु,
कैयौ अनलाइन पत्रकारका,
परिवार को पेट टाल्दियो,
समाचारको खडेरी लागेको बेला,
एउटै समाचार बारबार हाल्न पाईयो,
पहिलो दिन कट्टु खोलि भनेर लेखे,
दोस्रो दिन खोल्नु हुदैनथ्यो देसको बेईजत गरी भनेर लेखे,
तेस्रो दिन स्पष्टिकरण लेखे,
कति शक्तिशाली त्यो कट्टु,
कुलमानको उज्यालोलाई छायाँमा पारीदियो,
मिरा को म्याथुन लाई साईड लगाईदियो,
यस्तै छ यहाँ राम्रो भन्दा नराम्रो बिक्छ,
त्यसैले त राम्राकुरा छायाँमा पारेर,
नराम्रा कुरा लेखिन्छ,
हुदै नभएर त पक्कै हैन होला नत्र किन राम्रा कुराले ठाउ पाउदैन,
पाईहालेपनि टिक्न पाउदैन ?
सात गाँउ परकी फलानिकी बुहारी खै कोसँग लागी रे,
हाबा सरी कुरो फैलिन्छ,
छिमेकी दिदिले मेहनत गरेर आत्म निर्भर बनेको त्यही गाउमा सिमीत हुन्छ,
राम्रा कुरा प्रचार भए पो राम्रै कुरा सिकीन्छ,
नराम्रा बढि प्रचार हुन्छ र त नराम्रै कुराले ठाउ पाको छ,
त्यसैले…….
कस्का बारेमा लेखुम?केका बारेमा लेखुम ?
राम्रा कुरा लेखुम की नराम्रा कुरा लेखुम ?
राम्रा कुराको भाउनै छैन,
नराम्रा कुरा लेखेर पंतिकार लाई चर्चा पाउनु छैन,
सुरू गरी हाले लेख्न त लेख्नु नै पर्यो,
तर के लेखुम के लेखुम अझै अन्योल नै भयो।

प्रकाशित : शनिबार, फागुन १४, २०७३०८:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गुडबाइ ईशारा ! निकै नै मार्मिक कथा