भुकम्प पछि फिलिपिन्समा देखियो यस्तो विशाल जन्तु

एजेन्सी – संसारमा विभिन्न किसीमका अनौठा जनावरहरु पाईन्छन् । केही जनावरहरु यस्ता पनि हुन्छन् , जस्को बारेमा कसैलाई पनि जानकारी छैन । हालै फिलिपिन्समा भुकम्प पछि दिनागत आइलैंडको बीचमा एउटा रहस्यमय जनावर देखिएको छ । जस्लाई देखेर मानिसहरु आश्चर्यचकित भएका छन् ।

यो जनावर मृत अवस्थामा फेला पारिएको छ । २० फिटको यस जनावरको शरीरको रंग सेतो छ । र यसको शरीर कपालले ढाकिएको छ । यसको तौल २ हजार किलो हुनसक्ने अनुमान गरिएको छ ।

यस स्थानमा बसोबास गर्नै केही बैज्ञानिकहरुले यस विशाल जनावरको जाँच गरेको छ । यो विशाल जीव अरु केही नभएर व्हेल हो भन्ने कुरा पत्ता लगाईएको छ । बैज्ञानिकहरुको अनुसार यस जनावरको मृत्यु २ हप्ता पहिला नै भईसकेको छ । र धेरै कुहिएर यसको रंग सेतो देखिएको होला भन्ने अनुमान गरिएको छ ।

प्रकाशित : शुक्रबार, फागुन १३, २०७३१५:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१ मिनेटमै १२४ नरिवल हातले फोड्नसक्ने प्रतिभा भएका एक व्यक्ति (भिडियो)